पोखरास्थित कवाडी गोदाममा आगलागी, १२ लाख बराबरको क्षति

पोखरास्थित कवाडी गोदाममा आगलागी, १२ लाख बराबरको क्षति
+
-

पोखरा-पोखरामा महानगरपालिका वडा नं ५ स्थित प्रस्याङ्गमा रहेको कवाडीको संकलन स्थलमा आगोलागि भएको छ।

मनिस स्क्राप नाम गरेको सो गोदाममा बेलुका पौनै नौ बजे आगलागि भएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। आगो करीब डेढ घण्टापछि नियन्त्रणमा आएको छ।

घटना स्थलमा ४ वटा दमकल, २०० जना नेपाल प्रहरी, नेपाल आर्मी र सशस्त्र प्रहरी आगो नियन्त्रणका लागि खटिएका थिए। १४ ट्याकंर पानीको प्रयोग गरेर आगो नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता रविन्द्र गुरुङ्गले जानकारी दिए।

सो मनिस स्क्राप सन्तोष कुमार र सञ्जय प्रसाद जैसवाल दाजुभाईले सञ्‍चालन गरेका थिए। उनीहरु खाना खान बाहिर गएको बेलामा आगो लागेको जनाइएको छ। आगोलागीबाट प्रारम्भिक रुपमा झण्डै १२ लाखको क्षति भएको प्रहरीले जानाकारी दिएको छ। घटनाबाट मानवीय क्षति भएको छैन।

समयमा प्रहरी र दमकल घटनास्थलमा पुगेकोले वरिपरिवका घरहरु पनि आगोलागि हुन बाट जोगिएका छन्। आगोलागी हुनुको कारणबारे अनुसन्धान गरीने प्रवक्ता गुरुगंले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?