दुईवटा पानी उद्योगमा शिलबन्दी

दुईवटा पानी उद्योगमा शिलबन्दी
+
-

विर्तामोड – झापाका दुईवटा पानी उद्योगमा शिलबन्दी गरिएको छ । झापामा सञ्चालित पानी उद्योगको स्थलगत अनुगमन गर्न आएका प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेसहितको टोलीले बिर्तामोडस्थित गोरखा मिनिरल वटार उद्योग र बुद्धशान्तिस्थित भगवती डेभरेज उद्योगमा तालाबन्दी गरिएको घरेलु तथा साना उद्योग कार्यालय झापाका अधिकृत चन्द्रप्रसाद मिश्रले जानकारी दिए।

उनका अनुसार मोहन सिटौला र ललीतचन्द्र गजुरेलद्वारा सञ्चालित गोरखाले ‘निरागी’ नामक पानी र सुमन पनेरुद्वारा सञ्चालित भगवतीले ‘ओ–एक्वा’ नामक पानी उत्पादन गर्दै आएका थिए। दुवै उद्योगले खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय विराटनगरबाट खाद्य अनुज्ञयपत्र बिनै पानी उद्योग सञ्चालन गर्दै आएको बताइएको छ।

खाद्य अनुमति पत्र नलिएको भेटाएपछि मन्त्री घिमिरेको निर्देशनमा ती दुई उद्योगमा शिलबन्दी गरिएको अधिकृत मिश्रले बताए। त्यसैगरी अर्जुनधारास्थित विशाल डेभरेज उद्योगले नियमविपरीत प्युरिकम पानी उत्पादन गरेको भन्दै उद्योगका सञ्चालक बसन्त सोमानीले आफै उद्योग बन्द गरी फरार भएका थिए।

उद्योगीका आफैले पानी उद्योग बन्द गरी फरार भएकाले ती उद्योगलाई कानुनी प्रक्रिया पूरा गरी शिलबन्दी गरिने अधिकारीहरुको भनाई छ। त्यसैगरी अनुगमन टोलीले झापामा सञ्चालित १८ वटा पानी उद्योगमध्ये १० वटा उद्योगको स्थलगत अनुमगन गरेका छन् ।

मन्त्रीसहितको टोलीले बिर्तामोडस्थित एचएमएन फुड एण्ड डेभरेज कम्पनीद्वारा उत्पादित तृष्णा, देवी पाथिभरा उद्योगबाट उत्पादित लाइफलाइन, प्रकाश डेभरेज उद्योगबाट उत्पादित लाइफ केयर, सात्वत पानी प्रशोधनबाट उत्पादित सात्वत, बुद्धशान्तिस्थित तुलसा डेभरेज उद्योगबाट उत्पादित एक्वा पाथिभरा, मेचीनगरस्थित एक्वा टप मकालु मिनिरल उद्योगबाट उत्पादित मकालु र भट्टराई ब्रदर्श वेभरेजबाट उत्पादित डियु ड्रक्स पानीको स्थलगत अनुगमन गरेका थिए।

अनुगमनको क्रममा अधिकांश पानी उद्योगले प्लाष्टिकको पाइप प्रयोग गरेकाले स्टिलको पाइप र अटोमेटिक फिलिङ मेसिन प्रयोग गर्न अनुगमन टोलीले निर्देशन दिएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?