७० करोडको कीर्ते ठगी प्रकरण

१६ वर्षदेखि पत्याएका मालिकले निकालेपछि जितबहादुरले बुनेको असफल ‘मास्टर प्लान’

+
-

काठमाडौँ- रामरन्जन जटियाले १६ वर्षअघि भर्खरै जुँघाको रेखि बस्दै गरेका जितबहादुर मगरलाई घर भित्र्याए, कामदारका रुपमा। भारतीय ब्यापारी जटियाको मन जित्न धेरै समय लागेन जितलाई। आफ्नो एकल स्वामित्वमा रहेको  शंकर इलेक्ट्रिक इन्डस्ट्रिजको काममा पनि बेलाबखत जितलाई लिएर हिँड्न थाले।

जितलाई घरमा कामदारहरुको पनि सुपर भाइजर बनाइयो।उता जटियाका छोराले सिंगापुरमा ब्यापार गर्न सुरु गरिसकेका थिए। २०६२ सालमा शंकर इलेक्ट्रिक इन्डस्ट्रिजको उत्पादन बन्द भयो। २०२७ सालमा स्थापना भएको शंकर इलेक्ट्रिक इन्डस्ट्रिजले उत्पादन गर्न छाडेपछि जटिया पनि छोराकै ब्यापार हेर्न थाले।

उनी निरन्तररुपमा सिंगापुर गईरहन्थे। यता बालुवाटारस्थित जटियाको घरको सम्पुर्ण रेखदेख जितले गर्थे। अन्य कामदार भुईतलामा बस्थे भने जित र उनको परिवार माथिल्लो तलामा बस्थ्यो। जटिया श्रीमतीलाई लिएर सिंगापुर-नेपाल ओहोरदोहाेर गरिरहन्थे। अन्तिमपटक पाँच महिनाअघि जटिया नेपाल आएका थिए। उनले घरबाट हिरालगायत बहुमुल्य गरगहना हराएको चाल पाए। उनको निष्कर्श थियो- जितले नै यो सबै चोरे। त्यसपछि जितलाई घरबाट निकालि दिएर फेरी सिंगापुर लागे।

अनि सुरु भयो असफल ‘मास्टर प्लान’


३३ वर्षीय जितलाई जटियाको बालुवाटारस्थित घर कम्पनीकै नाममा रहेको थाहा थियो। उनलाई अरु पनि थाहा थियो- कम्पनीको नाममा सतुंगलमा १५ रोपनी जग्गा छ, नुवाकोट र म्याग्दीमा पनि प्रशस्त्र जग्गा छ।

उनी सतुंगलतिर गएर जटियाको मृत्यु भईसकेको र आफु धर्मपुत्र भएको भन्दै जग्गा विक्रीका लागि जटियाले अख्तियारी पत्र छ भन्दै देखाउँथे। उनी मान्छे र परिस्थिती अनुसार जटिया निकै विरामी रहेको , जटिया ब्ल्याक लिस्टेट भएकाले अब नेपाल फर्कन नसक्ने लगायत बताउँथे। यत्तिकैमा उनको चिनजान सतुंगलमै हार्डवेयर पसल गर्ने निरजकुमार मानन्धरसँग भयो।

मानन्धरकै सुझावअनुसार जितले आफ्नो योजना फेरे। उनले बालुवाटारस्थित जटियाको घरमा रहेको शंकर इलेक्ट्रिक इन्डस्ट्रिजका सम्पुर्ण कागजात ल्याएर कीर्ते गर्ने र कम्पनी आफ्नो नाममा ल्याउने योजना बनाए।

यत्तिकैमा  गत जेठको अन्तिम साता जितले ती सबै डकुमेन्ट लिएर आए। मानन्धरले मकवानपुरका ४० वर्षीय राजनकुमार लम्साललाई पनि यो योजनामा सामेल गराए। राजनकै मार्फत कम्पनी रजिष्ट्रार कार्यालयमा विचौलियाका रुपमा काम गर्ने मोरङका ४० वर्षीय पुन्यप्रसाद खरेललाई सम्पर्कमा ल्याए।

यसपछि सुरु भयो कम्पनी नामसारीको प्रकृया। कम्पनीको सन्चालक समितीले निर्णय गरि सन्चालक जटियाले जितलाई कम्पनीको ७५ प्रतिशत सेयर विक्री गरेको कीर्ते कागज तयार गरियो। त्यसपछिका बैठकले जटियालाई सञ्‍चालक र जितलाई अध्यक्ष बनाउने निर्णय गरेको कागजपत्र तयार भयो।

जटियाले सन्चालक पदबाट राजिनामा दिएको र जटियाको नाममा रहेको सेयर जितले खरिद गरेको कागजपत्र त्यसपछि तयार भए। जितले एक सदस्यीय सन्चालक समिती बनाए।

असारको अन्तिम साता कम्पनी रजिष्ट्रार कार्यालयले जटियाको नाममा रहेको सम्पूर्ण सेयर जितको नाममा नामसारी गरिदियो। यसपछि बालुवाटारको घर र सतुंगलको जग्गा बेच्ने प्रकृया सुरु भयो। उनीहरुले बैना समेत लिन भ्याईसकेका थिए। यत्तिकैमा आफ्नो सम्पती कीर्ते भएको थाहा पाएपछि जटियाले प्रहरीलाई खबर गरे।

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो-सीआईबीले विद्युतीय अपराध, चोरी, ठगी तथा संगठित अपराधमा १२ जनालाई पक्राउ गरेको छ। केही फरार छन्। कम्पनी रजिष्टार कार्यालयका कर्मचारीको समेत यसमा मिलेमतो रहेको सीआईबीको अनुसन्धानबाट खुलेको छ।

दुई सहायक रजिस्टार पक्राउ, दुई उप-सचिव फरार 


सीआईबीले कम्पनी रजिस्टार कार्यालयका दुई जना सहायक रजिष्टार र दुई जना आईटी हेर्ने कर्मचारीलाई पक्राउ गरेको छ। दुई जना उपसचिव अझै फरार छन्।

‘विदेशी नागरिकको नाममा रहेको सम्पती नामसारी गर्दा उधोग विभागको स्विकृती चाहिनेमा त्यो बिना नै सहायक रजिस्टारले टिप्पणी उठाएको र उपसचिवले सदर गरेको पाईएको छ। यसमा ठुलै लेनदेन भएको हुन सक्छ’ सीआईबी प्रवक्ता एसपी सानुराम भट्टराईले भने।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?