बेगनास तालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु, पाँचजना बेपत्ता

बेगनास तालमा डुंगा पल्टिँदा एक जनाको मृत्यु, पाँचजना बेपत्ता
+
-

पोखरा – पोखराको बेगनास तालमा डुंगा पल्टिँँदा त्यसमा सवार पाँचजना बेपत्ता भएका छन् । नौ जना चढेको डुुंगा पल्टिँदा तीनजनाको उद्दार गरिएको छ । प्रहरीले बेपत्ता रहेका मध्ये एक जनाको शव भेटिएको जानकारी दिएको छ ।

शव कृष्णकुमारी बजगाईको रहेको त्यहाँबाट अर्जुन थापाले जानकारी दिए । डुंगाबाट एक बालक तालमा खसेपछि उनलाई बचाउने क्रममा अनियन्त्रित भएको डुंगा पल्टिएको प्रहरीले जनाएको छ । उद्धार गरिएकोमा सपना खनाल, निशा पौडल र कमलराज कडेँल रहेका छन् । उनीहरुको लेखनाथ सामुदायिक अस्पतालमा उपचार भैरहेको छ ।

वेपत्ता भएकाहरुमा ७ वर्षिय प्राचिन पौडेल, २५ वर्षिय रवी खनाल, ८ वर्षका शंकर खनाल र शिव खनाल रहेका छन् भने एक जनाको परिचय खुलेको छैन् । बेगनासवारीबाट पारीतर्फ आफन्तको घरमा तीजको दर खान जानेक्रममा डुंगा दुर्घटनामा परेको कास्कीका प्रहरी प्रमुख एसपी ओम रानाले जानकारी दिए ।

अहिले एसपी रानासहितको टोली उद्दारका लागि घटनास्थलमा खटिएको छ । एसपी रानाले गोताखोरको माध्यमबाट बेपत्ता रहेकाहरुको खोजी भइरहेको जानकारी दिए ।

 

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?