
पोखरा – कास्कीको बेगनास तालमा डुङ्गा दुर्घटना हुँदा बेपत्ता रहेका सबै ८ जनाको शव भेटिएको छ । १० जना सवार रहेको डुङ्गा दुर्घटना हुदा २ जना बाँच्न सफल भएका छन् भने बाँकी आठजनाको ज्यान गएको हो ।
प्रहरीले भर्खरै नवलपरासीको गैँडाकोट घर भएका ३२ वर्षीय रवि खनालको पनि शव भेटिएको जानकारी दिएको छ । दुर्घटनामा उनकै छोरा सात वर्षीय शङ्कर र आठ वर्षीय शिव खनाल, पाँच वर्षीय प्राचीन पौडेल र १७ वर्षीया मनिसा बजगाईंको पनि ज्यान गएको छ । खनाल नेपाली सेनामा कार्यरत रहेका थिए ।