पोखरामा ७० वर्षीय वृद्धालाई बलात्कार ,आरोपी युवक पक्राउ

+
-

पोखरा- बुधारा दिउँसो पोखरा ३१ नहरचोकमा ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा एकजना युवक पक्राउ परेका छन्।

बेगनासताल नजिकै भाडाको घरमा बस्दै आएकी ७० वर्षीया वृद्धालाई बलात्कार गरेको आरोपमा सोही घरमा भाडामा बस्दै आएका ४५ बर्षिय रेवतीरमण पाण्डेलाई प्रहरीले पक्राउ गरेको हो।

आरोपी पाण्डेलाई तनहुँको आँबुखैरेनीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। घटना बुधबार सवा दुई बजेतिर बृद्धाको छोरा सामान किन्न बजार निस्किएको मौका पारी रक्सीले मातेका पाण्डे वृद्धाको कोठामा पसेर बलात्कार गरेको बताइएको छ।

पाण्डेकी श्रीमति तीज मान्नका लागि माईत गएकी थिइन्। दुवैजना सोही घरमा भाडामा बस्दै आएका थिए।

बलात्कार भएको खवर प्रहरीले पाएपछि अनुसन्धान थालिसकेको छ। बृद्धालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा परीक्षण गरिएको छ।

बलात्कार गरेर फरार रहेका आरोपी युवकलाई तनहुँ प्रहरीको सहयोगमा पक्राउ गरिएको कास्की प्रहरी प्रबक्ता डिएसपी रवीन्द्रमान गुरुङले जानकारी दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?