पोखरा- अन्नपूर्ण बेसक्याम्पमा ट्रेकिङ्ग गएकी एक महिला पर्यटकलाई खोलाले बगाएको छ। उनी ताइवानी नागरिक ६१ बर्षीय छेन हु जु रहेको बताइएको छ।
अन्नपूर्ण बेसक्याम्पस्थित देउराली र दोभान को बिचमा पर्ने हिन्कु खोलाले तर्ने क्रममा माथिबाट खसेको ढुंगाले लागि अचानक असन्तुलित हुदा शुक्रबार करिब दुइ बजेको समयमा उनीलाई खोलाले बगाएको उनीसँगै गएका साथीहरुले जानकारी दिएको प्रहरीले बताएको छ।
जुन साथीहरु र पथ प्रदर्शकहरुको साथमा गएको पोखराको होटल भ्यू प्वाइन्टका सञ्चालक राजेश रानाले बताए। उनीहरुको समूह काठमाडौंको नेपाल तिब्बत हिमालयन आउट डोर कम्पनीमार्फत ट्रेकिङ्ग गएको टान पश्चिमान्चलका अध्यक्ष हरि भुजेलले जानकारी दिए।
उनको खोजी कार्यका प्रहरीको टोलि त्यसतर्फ प्रस्थान गरिसकेको कास्की प्रहरी प्रवक्ता रबिन्द्र गुरुङगले जानकारी दिए।