पोखरामा सांसद धम्क्याउनेलाई पाँच वर्ष जेल

पोखरामा सांसद धम्क्याउनेलाई पाँच वर्ष जेल
+
-

पोखरा – प्रदेश सांसद बिन्दुकुमार थापा र प्रतिष्ठित व्यवसायी कालु गुरुङलाई धम्क्याएर करोडौँ रकम असुल्न प्रयास गर्ने ४ जनालाई जिल्ला अदालत कास्कीले जेल सजाय सुनाएको छ ।

गत माघमा पक्राउ परेका ४ मध्ये २ जनालाई ५ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवाना र २ जनालाई ४ वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको फैसला अदालतले सुनाएको हो ।
न्यायाधीश काजीबहादुर राईको इजलासले मुख्य योजनाकार शंकर भन्ने नलबहादुर गुरुङ, विवश थापा भनिने अमृत खड्कालाई ५÷५ वर्ष कैद सजाय सुनाएको श्रेस्तेदार जगन्नाथ पौडेलले जानकारी दिए ।

सो घटनामा सहयोग गर्ने शिव कार्की र राम सुवेदीलाई ४/४ वर्ष कैद सुनाइएको छ । गत माघमा पक्राउ परेका उनीहरु जिल्ला अदालतको आदेशले पुर्पक्षका लागि थुनामा थिए ।

उनीहरु चारैजनाविरुद्ध अपहरण तथा शरीर बन्धक उद्योग तथा संगठित अपराधको मुद्दा थियो । उनीहरुले गत पुसदेखि लगातार १ महिनासम्म सांसद थापा र व्यवसायी गुरुङलाई नेपाल र भारतका मोबाइल नम्बरबाट फोन गरी करोडौँ रकम माग गरेका थिए । उनीहरुलाई कास्की प्रहरीले गएको माघ १८ मा पोखराबाटै पक्रेको हो ।

उक्त गिरोहले कालु गुरुङसँग १० करोड र बिन्दु थापासँग २ करोड रुपैयाँ मागेको थियो । एक महिनाभन्दा बढी समयको अनुसन्धानपछि कास्की प्रहरीको विशेष टोलीले गिरोहलाई नियन्त्रणमा लिन सफल भएको थियो ।

उनीहरु पक्राउ परेलगत्तै सांसद थापा र व्यवसायी गुरुङले जिल्ला प्रहरी कार्यालय कास्कीमा किटानी जाहेरी दिएका थिए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?