असोज १० गतेदेखि चिया उद्योग बन्द गर्ने मजदुरको चेतावनी

असोज १० गतेदेखि चिया उद्योग बन्द गर्ने मजदुरको चेतावनी
+
-

विर्तामोड – चिया मजदुरले असोज १० गतेदेखि सबै चिया बगान र प्रशोधन कारखाना बन्द गर्ने घोषणा गरेका छन् ।

श्रम ऐनले तोके अनुसारको न्युनतम् ज्याला नपाएको भन्दै चरणवद्ध सङ्घर्षमा उत्रिएका मजदुरले चिया बगान र कारखाना बन्दको घोषणा गरेका हुन् । सरकारले चिया बगानमा कार्यरत मजदुरको न्युनतम् ज्याला ३ सय ८५ रुपैयाँ तोकेको छ ।

बिहीबार विर्तामोडमा पत्रकार सम्मेलन गरी मजदुर सङ्गठनका नेतृत्वले न्युनतम् ज्याला कार्यान्वयनका लागि सात दिनको अल्टिमेटम दिइएको बताए ।

मजदुर नेता भूपाल सापकोटाले सरकारले तोके अनुसारको ज्याला नपाएपछि बाध्य भएर कारखाना बन्द गर्ने निष्कर्षमा पुगेको बताए ।

नेपाल कृषि तथा बगान क्षेत्र श्रमिक सङ्घका उपाध्यक्ष सहीकुमार राईले दसैँको मुखमा पनि मजदुरको आन्दोलन नरोकिने बताए ।

नेपाल चिया बगान श्रमिक सङ्घका अध्यक्ष दीपक तामाङले मजदूरलाई ज्याला नदिने चिया उद्योगीलाई सरकारले जेल हाल्नु पर्ने जिकीर गरे ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?