थारु कल्‍याणकारिणी सभाको २२औ महाधिवेशनमा राजनीति प्रवेश, जिल्ला प्रतिनिधिद्वारा विरोध

थारु कल्‍याणकारिणी सभाको २२औ महाधिवेशनमा राजनीति प्रवेश, जिल्ला प्रतिनिधिद्वारा विरोध
+
-

काठमाडौं-थारु कल्‍याणकारिणी सभाको २२औ महाधिवेशनमा राजनीति प्रवेश गरेको छ। देशभरिको थारु कल्‍याणकारिणि सभाका जिल्ला प्रतिनिधिहरु भेला भएको समुद्‌घाटन समारोहमा केन्द्रीय उपाध्‍यक्ष, जिल्ला प्रतिनिधि र थाकसका पूर्वपदाधिकारीहरुलाई औपचारिक रुपमा आसन ग्रहण नगरी पार्टीका पदाधिकारीहरुलाई क्रमैसँग आसन ग्रहण गराएपछि थाकसको महाधिवेशनमा राजनीति प्रवेश गरेको हो।

राष्ट्रिय जनता पार्टीका महामन्त्री समेत रहेका राजकुमार लेखीले सरकार थारु, मधेसी लगायत आदिवासी जनजातिको मुद्दालाई सरकारले वेवास्ता गरेको आरोप लगाए। उनले भने, ‘सरकार थारु र मधेसीको मुद्दालाई दाबाएर राखेमा थारुहरु जेल जान तयार छ। थारुमाथि अन्‍याय भइरहेको छ। हामी अब चुप लागेर बस्‍नेवाला छैनौ।’

राष्ट्रिय सभागृहमा उद्‌घाटन चलिरहँदा थारु कल्‍याणकारिणी सभाको कार्यक्रममा भाग लिन आएका थारु कल्‍याणकारिणी सभा, रौतहटका जिल्ला प्रतिनिनिधिहरुले राजकुमार लेखीले थारुहरुलाई मधेसी पार्टीमा मिलाउन लागेको भन्‍दै छातिमा ब्‍यानर टाँसेर थारु मधेसी नभएको भन्‍दै नाराबाजी गरे।

उनीहरुले ‘थारु मधेसी होइन, हाम्रो पहिचानमाथि राजनीतिकरण बन्द गर, थाकस केन्द्रीय समिति मुर्दावाद, सामाजिक संस्थामा राजनीति गर्न पाइँदैन भन्‍दै विरोध प्रदर्शन गरेका थिए। उनीहरुले थारु कल्‍याणकारिणी सभालाई ७० वर्षको इतिहासमा राजकुमार लेखीले बद्‌नियतपूर्ण तरिकाले आफ्नो कब्जामा लिन लागेको आरोप लगाएका थिए।

यस्तै कार्यक्रममा राजपाका अध्‍यक्ष मण्डलका सदस्‍य राजेन्द्र महतोले थारुहरुको मुद्दा अब राष्ट्रिय जनता पार्टीको भएको भन्‍दै थारु र मधेसी मिलेर राज्‍यविरुद्ध संघर्ष गर्नु पर्ने बाध्‍यता आएको बताए। उनले भने, ‘सरकार थारु र मधेसीलाई सदियौदेखि विभेदमा पार्दै आएको छ। उसले अधिकार माग्दा ड्‍याङ ड्‍याङ छातिमा गोली ठोकेको छ। अब यो सहन हुँदैन।हामीले सरकारको विभेदविरुद्ध लड्‍नुपर्छ।’

कार्यक्रममा गमछाको राजनीति


थारु संस्कार अनुसार कुनै पनि कार्यक्रममा थारुहरुलाई सेतो रंगको कपडाले पगरी लगाइदिने चलन छ। तर थारु कल्‍याणकारिणीको २२ को महाधिवेशनमा त्यसको ठीक उल्टो भयो।

कार्यक्रममा उद्‌घोषकले प्रमुख अथिति, अतिथिहरुलाई स्टेजमा आमन्त्रण गरेसकेपछि उनीहरुलाई पगरीको साटो हल्का रातो धर्के रंगको गमछा र ब्‍याज महिलाहरुले लगाइदिएका थिए। उक्त गमछा लगाइदिएपछि स्टेजमा बसेका अधिकांश जिल्ला प्रतिनिधि र थारु आगुवाहरु एक आपसमा मुखामुख गरेका थिए। उनीहरु आफ्नो स्थानबाट उठेर विरोध गरेका थिए।

उनीहरुले सीटबाटै उठेर थारु कल्‍याणकारिणी सभाका पदाधिकारीहरुलाई ‘ हाम्रो पहिचान खै? के हाम्रो पहिचान गमछा हो ? शीरमा पगरी खोइ ? यति दिनसम्‍म सबै कार्यक्रममा पगरी लगाउने चलनलाई यसपाली किन भद्रगोल, के हामी मधेसीकरण हुन लागेका हौ? यो कस्को ग्रान्ड डीजाइन हो ? भनी प्रश्‍न गरेका थिए।

महाधिवेशन हेर्न आएका एक थारु अगुवा भन्‍दै थिए, ‘समाज कल्‍याण परिषद्‌मा वि.स.२००५ सालमा स्थापना भएको सामाजिक संस्था हो। थारु कल्‍याणकारिणी सभाको इतिहासमा यस्तो राजनीतिकरण पहिलो पटक हुन लाग्दा निक्‍कै दु:ख लागेको छ। थारुको कला संस्कृति संरक्षण गर्दै आएको सामाजिक संस्थामा एउटा पार्टीले वा कुनै पार्टी औपचारिक रुपमा प्रवेश गर्नु दु:खद हो। यसले भावी पुस्तालाई खाल्डोमा धकेल्नेछ।’

महाधिवेशनमा सहभागी हुन देश तथा विदेशबाट प्रतिनिधि र प्रर्यवेक्षकहरु गरी एक हजारभन्दा बढी सहभागी छन्। थाकसको बन्द सत्र सोमबारदेखि गौशलास्थित शिवदर्शन पार्टी प्यालेसमा हुँदैछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?