शतायु शुभकामना!

‘राष्ट्रिय पर्व’ बन्यो राष्ट्रकवि घिमिरेको सयौँ जन्मदिन

+
-

काठमाडौँ— राष्ट्रकवि माधवप्रसाद घिमिरको १०० औं जन्म दिन राजधानीमा ‘अघोषित राष्ट्रिय पर्वका’रुपमा मनाइएको छ। आइतबार अशोज ७ गते राष्ट्रकवि घिमिरेको जन्मदिनमा लैनचोरस्थित निवासमा पत्नी महाकालीका साथमा जप, होम र महामृत्युन्जय पाठसँगै आफन्त र शुभचिन्तकको ताँती लागि रह्यो।

राष्ट्रपति विद्यदेवी भण्डारी आफै सबैरै उपस्थित भई राष्ट्रकवि घिमिरेमा शुभकामना चढाएपछि यो अवसरले वास्तवमा अघोषित र अनौपचारिकरुपमा ‘राष्ट्रिय पर्व’ कै स्वरुप लियो।  दिउँसो दुई बजेदेखि अनवरत ६ घण्टा घिमिरे दम्पत्तिमा शुभकामना दिनेहरुको लाम लागी नै रह्यो नेपाल स्काउट परिसरमा । १०० र ८४ वर्षमा टेकेका घिमिरे दम्पत्ति अथकरुपमा अभिवादन ग्रहण गरी नै रहे खुशी तथा आत्मियताका साथ।

कार्यवहाक प्रधानमन्त्री इश्वर पोखरेलले लैनचौर उपस्थित भई सरकारको सहभागिता जनाए।  ‘केही महिना अघि राष्ट्रकवि विरामी पर्दा म भेट्न गएको थिएँ । आज पनि उहाँलाई तपाईलाई कस्तो छ भनेर सोधेँ । उहाँले मलाई ठिकठाकै छ र फुर्तिलो छु भन्नु भयो । खुशी लाग्यो ’, राष्ट्रकविलाई शुभकामना दिएर बाहिरिदै गर्दा कार्यवहाक प्रधानमन्त्री पोखरेलले देशसञ्चारसँग भने ।

त्यो भिडमा कार्यवहाक प्रधानमन्त्री पोखरेलले राष्ट्रकवि घिमिरेलाई शुभकामना दिने क्रमममा उनको हात समातेर केहीवेर विताएका थिए। राष्ट्रकविलाई दिंवगत कवि शिरोमणी लेखनाथ पौडेल (घिमिरेका पनि प्रेरणाका स्रोत) को रथारोहणपछि कुनै कवि तथा साहित्यकार या सरकारी ओहोदामा नरहेको व्यक्तिले पाएको अभूतपूर्व सम्मान थियो यो, जनता र सरकारका तर्फबाटः स्वतस्फूर्त ।

जन्मोत्सव समारोहस्थलमा राष्ट्रकविका अनगिन्ती राष्ट्रिय गानका मधुर धुन बजीरहेका थिए—गाउँ छ गीत नेपाली, नेपाली हामी रहौंलाा कहाँ नेपाल नै नहे । तर त्यतिनै मिठासपूर्ण शव्द बाहिर आगन्तुकहरुका ओठहरुबाट सुनिन्थे : राष्ट्रकविको लयात्मक शव्दहरु सबैका शव्द बनेका थिए।

नेपाली समाजको मान्यता र व्यवहारमा अझै पनि ‘ज्ञान’ ले सत्ता भन्दा माथिल्लो हैसियत राख्छ भन्ने प्रमाण पनि लैनचौरको समारोहले एक पल्ट प्रमाणित गर्‍याे । राजा जनकको भन्दा उनका गुरु अस्टावक्रको ‘अवसान’ हुँदा हुने अथवा हिजो श्री पाँच महाराजाधिराजको परम्परामा पनि श्री ६ वडा गुरुज्युको मान उपल्लो हुनुलाई ज्ञानको हैसियत र परम्परा सत्ताभन्दा माथि रहेको मानिन्थ्यो। राष्ट्रपति भण्डारी र कार्यवहाक प्रधानमन्त्री पोखरेलसँगै प्रधानसेनापति पूर्णचन्द्र थापाको विनम्र उपस्थितिले ज्ञान र समर्पणका कारण स्थापित हुन पुगेका राष्ट्रकवि घिमिरेलाई अनौपचारिक नै भएपनि माथिल्लो दर्जामा स्थापित गर्‍याे ।

राष्ट्रकविको जन्मदिन समारोह प्रांगणमा प्रायस राष्ट्रका शैक्षिक, वौद्धिक, साहित्य र लेखनीय क्षेत्रका कमै व्यक्ति थिए, जो उपस्थित भएनन् । कतिपयका आँखामा खुशीका आँसु देखिन्थे, राष्ट्रकविलाई भेटेपछि।
उनका समवयी सत्यमोहन जोशी, केही वर्ष कान्छा प्रखर साहित्यकार एवं समालोचक तारानाथ शर्मा, आयामेली आख्यानकार वैरागी काइला, संस्कृति तथा इतिहासविद जगमान गुरुङ सबै पुगेका थिए। ‘कविवर’लाई शुभकामना र अझै सक्रिय जीवन प्रदान गर्न सबै जना सुन्दर पोशाकमा पुगेका थिए।

लमजुङको पुस्तुनबाट भविष्य खोज्दै संघर्षको कदम चालेका राष्ट्रकवि ‘कवि’ मात्र बन्न खोजे। र, कवि नै बने । तर राष्ट्रले उनलाई प्रतिनिधि मान्यो । उनका लयवद्द अनेकौ रचनाले विविध क्षेत्रका व्यक्तिहरुलाई आफ्नै मनको भावना चोरी लयमा उतारेको अनुभूति गरेको प्रमाण लैनचौरमा देखियो।

जुम्लाबाट राष्ट्रकवि घिमिरेलाई जन्मदिनको सुभकामना दिन आइपुगेका ६६ वर्षि केशव रोकाय घिमिरको हात छोएर निस्कदा खुशीले गद गद भए । ‘राष्ट्रकविको हात छुने र बोली सुन्ने धोको थियो । त्यसैले तीन दिनको यात्रामा काठमाडौँ आइपुगे’, रोकायाले सुनाए । राष्ट्रकविलाई जन्मदिनको सुभकामना दिने ताँतीमा हुवीलचियमा अर्का हर्षित अनुहार देखियो बिनय बजगाईको। ‘हामी बाचुञ्जेल राष्ट्रकविको हसिलो अनुहार देख्न पाइयोस त्यही कामना व्यक्त गर्न आएको’, उनले भने । राष्ट्रकविलाई कामना कानमा सुनाएर बाहिरिए उनी ।

राष्ट्रकविलाई सुभकामना दिने भिडमा उनका काव्य सुनेका र पढेका तर कहिल्यै नभेटेका पनि उपस्थित थिए। उनीहरुमा अदभूत प्रेम झल्किन्थ्यो राष्ट्रकवि घिमिरेप्रति । राष्ट्रकवि घिमिरे पनि के कम । आफुले सम्झिन सक्नेलाई सकिनसकी उठेर अंगालो हाल्न तम्सिन्थे उनी ।

राष्ट्रकविले पाएका उपहारमा खादा, दोसल्ला, बुेक, सल मात्रै होइन अनेकौ पुस्तक र पत्रपत्रिका पनि परे। औषधि र जुस खाँदा राष्ट्रकवि घिमिरेले उनलाई शुभकामना दिन आएको श्री मस्र्याङ्दी वाङ्मय प्रतिष्ठानको टोलीलाई लक्षित गर्दै भने’, यो सबै तपाईहरुका लागि खाइदिएको है नत्र त आज खान भन्दा तपाईहरुसँग बोल्न मन छ ।

‘गाउँ छ गीत नेपाली, ज्यातीको पंखा उचाली जय जय हे नेपाल सुन्दर, शान्त विशाल’ अझै पनि कति बालबालिका र नेपालको महानताको कामना गर्नेको जीव्रोलाई तरंगित गरिरहेको छ । ‘लाग्दछ मलाई रमाइलो मेरै पाखा पखेरोले’ पँधेरा सुकेका गाउँहरुलाई इतिहास र पधेरो संस्कृतिको याद दिलाइदिन्छ।

पुस्तुनबाट ज्ञानको खोजीमा काठमाडौं आउँदा उनले ‘मनमा घाम नलागे, जगतै सारा अध्यारो’ लेखेर गाउँ पुगेका थिए केही समय मन बुझाउन। उमेर, अनुभव र ज्ञानबाट राष्ट्रकवि घिमिरे अव मनमा घाम लागेमा जगतै सारा उज्यालो’ भन्ने चरणमा प्रवेश गरेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?