जघन्य अपराध

बिस्कुट किन्न गएकी बालिकालाई बलात्कारपछि हत्या गर्ने व्यक्ति पक्राउ

बिस्कुट किन्न गएकी बालिकालाई बलात्कारपछि हत्या गर्ने व्यक्ति पक्राउ
+
-

पोखरा – कास्कीको पुम्दी भुम्दी कोदीकी ९ वर्षीया श्रेया बिकको बलात्कारपछि हत्या गर्नेलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।

सोमबार बेलुका ६ बजे घरबाट हराएकी ९ वर्षीया बालिका श्रेया बिकको मंगलबार बिहान शव भेटिएको थियोे । घटनापछि तत्काल अनुसन्धानमा खटिएको टोलीले २४ घण्टा नपुग्दै घटनामा संलग्न व्यक्तिलाई पक्राउ गरेको हो ।

शंकास्पद केही व्यक्तिलाई अनुसन्धान गर्ने क्रममा एकजनाले अपराध स्वीकार गरिसकेको कास्की प्रहरी प्रवक्ता रवीन्द्र गुरुङले बताएका छन् । उनले बुधबार नै पत्रकार सम्मेलन गरेर उक्त व्यक्तिलाई सार्वजनिक गर्ने बताए ।

डिएसपी कार्की नेतृत्वको टोलीले घटनास्थल सुरक्षित गर्नेदेखि अन्य प्रारम्भिक अनुसन्धानको काम गरेको थियो । मंगलबार बिहान ८ बजे स्थानीय बासिन्दाले खबर गर्ने बित्तिकै प्रहरी घटनास्थल पुगेको थियो ।

निरन्तर खटिरहेको प्रहरीले अनुसन्धान पश्चात आरोपीसम्म पुग्न सफल भएको हो । घटना संलग्न छिमेकीको भएको बताइएको छ । सोमबार साँझ विद्यालयबाट फर्केर बिस्कुट किन्न पसल गएकी उनी मंगलबार बिहानै झाडीमा अर्धनग्न अवस्थामा मृत भेटिएकी थिइन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?