राजकुमार लेखीलाई पराजित गर्दै थाकसको अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित

राजकुमार लेखीलाई पराजित गर्दै थाकसको अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित
+
-

काठमाडौं- थारु कल्‍याणकारिणी सभा (थाकस)को २२ महाधिवेशनबाट अध्‍यक्षमा धनीराम चौधरी निर्वाचित भएका छन्। धनीरामले अध्‍यक्षका प्रतिद्वन्द्वी पूर्वमहामन्त्री एवं राजपाका महामन्त्रीलाई एक दर्जन भोटले हराउँदै अध्‍यक्ष पदमा निर्वाचित भएको निर्वाचन अधिकृत श्रवण कुमार चौधरीले बताए।

उनका अनुसार धनीरामले ८२ भोट पाउँदा राजकुमारले ७० भोट पाएका थिए। यस्तै अर्का अध्‍यक्षमा उम्म‍ेदवारी दिएका विश्राम महतोले भने जम्‍मा १० भोट पाएका थिए।

यस्तै थारु कल्‍याणकारिणी सभा जिल्ला सभापतिहरुमा पनि रौतहटबाहेक सबैमा सर्वसम्मतिले केन्द्रीय सदस्‍यहरु निर्वाचित भएका छन्। झापाबाट हरिनारायण चौधरी सर्वसम्‍मत केन्द्रीय सदस्‍यमा चयन भएका छन् भने मोरङबाट कन्‍नुलाल चौधरी, सुनसरीबाट पुनितलाल चौधरी चयन भएका छन्।

यस्तै उदयपुरबाट जयराम पञ्‍जियार, सप्तरीबाट साबित्री चौधरी,सिरहाबाट वीरेन्द्र चौधरी, धनुषाबाट उत्तम चौधरी, महोत्तरीबाट चन्द्र नारायण सिंह थारु, रौतहटबाट अधिकलाल चौधरी निर्वाचित भएका छन्।

त्‍यसैगरी बाराबाट हृदयनारायण चौधरी, पर्साबाट बृजमोहन चौधरी, मकवानपुरबाट जानकी चौधरी, चितवनबाट राजेन्द्र चौधरी, नवलपरासीबाट नरेश चौधरी र रुपन्देशीबाट देवीप्रसाद चौधरी सर्वसम्मतिले केन्द्रीय सदस्‍य चयन भएका छन्।

यस्तै कपिलवस्तुबाट जञ्‍जीरप्रसाद चौधरी, दाङबाट चूर्णबहादुर चौधरी, सुर्खेतबाट कृष्ण बहादुर थारु, बाँकेबाट नेमनारायण सिंह थारु र बर्दियाबाट मिनराज चौधरी चुनिएका छन् भने कैलालीबाट रामचरण चौधरी र कञ्‍चनपुरबाट भागिरथ राना थारु केन्द्रीय सदस्‍यमा सर्वसम्‍मतिले चयन भएका छन्।

यता, थारु कल्‍याणकारिणी सभाले महिला केन्द्रीय सदस्‍यहरुको लागि ९ सदस्यीयका लागि १३ जनाले उम्मेदवारी दिएपछि चुनाव गराउनु परेको थियो।
जसमा दिलकुमारी चौधरीले २५ मतले विजयी भइन् भने विष्णकुमारी चौधरीले २२ मत, कृष्णमाया चौधरीले २१ मत, यशोदा चौधरीले २१ मत, सुमित्रा कुमारी चौधरीले १९, इन्दु चौधरीले १९ मत , सरस्वती चौधरीले १७ मत, उर्मिलादेवी चौधरीले १७ मत र लक्ष्मी चौधरीले १७ मतका साथ निर्वाचित भएका छन्।

निर्वाचित सबै पदाधिकारीहरुलाई प्रमुख निर्वाचन अधिकृतले शपथ ग्रहण गराएका थिए।अध्‍यक्षमा निर्वाचन भएपछि नवनर्वाचित अध्‍यक्ष धनिराम चौधरीले पहिलो बैठक बुधबार ११ बजे बोलाएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?