बालिकाको बलात्कारपछि हत्या गर्ने आरोपी सार्वजनिक

बालिकाको बलात्कारपछि हत्या गर्ने आरोपी सार्वजनिक
+
-

पोखरा- कास्की पुम्दीभुम्दीकी १० वर्षिया वालिका श्रीया विकको वलात्कारपछि हत्यामा संलग्न आरोपी कुसुम पौडेललाई कास्की प्रहरीले पक्राउ गरि सार्वजनिक गरेको छ।

पोखरा महानगर २२ कोदीका २७ वर्षीय कुसुम पौडेलले बालिकालाई सोमवार साँझ वलात्कार गरी ढुँगाले हानेर हत्या गरेको स्वीकार गरेको प्रहरीले पत्रकार सम्मेलन मार्फत जानकारी गराएको छ।

घटनाक्रम अनुसार कास्की, पोखरा (२२, छहरा, कोदी, बस्ने श्री लिला आधारभूत नि.मा.विद्यालय कक्षा ३ मा अध्ययनरत वर्ष १० की श्रीया वि.क. (सुनार) सोहि ठाउँ स्थित मामा कृण्ण सुनारको घरमा बस्दै आएकी थिइन्।

असोज ८ गते सोमबार बेलुका साढे पाँच बजेको समयमा विस्कुट किन्न भनी पसल गएको त्यस पछि उनी फर्केर नआए पछि उनको खोज तलास गर्ने क्रममा कोदी स्थित बरालहरुको कुल मन्दिरको पुर्व तर्फ भिरालो जंगलमा मंगलबार साढे नौ बजेको समयमा श्रीया वि.क.को कर्तव्य गरि मारेको अवस्थामा शव फेला परेको थियो।

घटनाको प्रकृति पश्चात जिप्रका कास्कीबाट प्रहरी नायव उपरिक्षक रविन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामबाट प्रनाउ नविन कार्किको कमान्डमा विशेष अनुसन्धान टोली गठन गरि खोजतलास गर्ने क्रममा घटनामा संलग्न व्यक्तिलाई प्रहरीले पक्राउ गर्न सफल भएको हो ।
कसरी घट्यो घटना

अपराधमा संलग्न रहेका पोखरा महानगरपालिका २२ कोदिका लेवर काम गर्दै आएका २७ वर्षीय कुसुम पौडेल हुन्। सोमबार साँझ डाडाँमा उदय केसिको घरमा अन्य केहि साथि सहित पौडल रक्सिको नशामा थिए।

पौडेलले चुरोट किन्न भनि रक्सी नशामा एक्लै तल झर्दै गरेका थिए । सोही समयमा श्रीया विक (सुनार) पनि मामाको घरबाट एक्लै तल झर्दै गरेको पौडेलले देखे। मामाको घरबाट अन्दाजी ६०÷७० मिटर तल एउटा सानो मन्दिर र पुरानो घर रहेको स्थानमा निज कुसुम पौडेलले श्रीया विक (सुनार) लाई भेटी पाँचको चकलेट खाऊ भनि दिएको र त्यहाबाट करिव १० मिटर तल एउटा पुरानो घर र पानी ट्याङकी बिचमा बोलाई पुन थप रु १० देखाई प्रभोलनमा पारी जबर्जस्ती गर्न खोज्दा बालिकाले प्रतिकार गर्न खोजेपछि पानी ट्याङकी मुनि रहेको झाडीमा धकेलिदिएको आरोपी पौडेलले प्रहरी समक्ष बयान दिएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?