प्रशिक्षक उप्रेतीले किशोरीलाई भने, ‘जबरजस्ती भए यसरी हान्नु किक’

प्रशिक्षक उप्रेतीले किशोरीलाई भने, ‘जबरजस्ती भए यसरी हान्नु किक’
+
-

विर्तामोड – महिलाका लागि आत्मरक्षा तालिमका प्रशिक्षक मदन उप्रेती प्रशिक्षार्थीहरुलाई सिकाउँदै भन्दै थिए, ‘यो तरिका तपाईंहरुले सिक्नुभयो भने तपाईं कसैले जबरजस्ती गरेर गाडीमा हाल्ने कोशिस गर्यो भने उबाट छुटकारा पाउन काम दिन्छ।’

विर्तामोडको अतिथि सदनमा आयोजित दुई दिने महिलाका लागि तालिममा सहभागीहरुले प्रशिक्षकका कुरा र उनीहरुले गरेर देखाएका तरिका मेहेनतका साथ अभ्यास गरिरहेका थिए।

महिला तथा बालिका बलात्कारका घटना दिनहुँ भइरहँदा उक्त तालिम अब अपरिहार्य भइसकेको प्रशिक्षकहरुले बताएका छन्।

तालिममा सहभागी एक जना प्रशिक्षार्थी रुविना भण्डारीले उक्त तालिमका कारण आफूमा आत्मसुरक्षाका लागि आत्मबल बढेको बताइन्। उनले भनिन्, ‘यो तालिमले मैले मेरो सुरक्षा कसरी गर्ने भन्ने सिकाएको छ। अत्यन्तै फलदायी भएको छ।’
खासगरी मार्सल आर्टसका तरिकाहरु जान्नेका लागि आत्मसुरक्षा त्यति समस्या नहुने प्रशिक्षकहरु बताउँछन्। तर सबैले त्यस्ता तरिका नजान्ने भएकाले अब यस्ता तालिमको अभियान नै सञ्चालन गर्नुपर्ने उनीहरुको भनाइ छ।

त्यस्तै एकजना मार्सल आर्टसकी प्रशिक्षक मीना पाठक पनि सहभागीहरुलाई आत्मरक्षाको तालिम दिन खटिएकी छिन्। महिलाहरुमाथि दिन दिनै भइरहेका अत्याचारका घटनाले आफूलाई समेत पिरोलेका कारण तालिम दिन अघि सरेको उनले बताइन्। पाठकले भनिन्, ‘म आफैं पनि मार्सल आर्टसको प्रशिक्षक भएकाले मैले जानेको सीप बाँढन म यहाँ आएकी हुँ।’

वीरता जेसीज, लेट्स रन नेपाल र सितोरियो कराँते–डो झापाको संयुक्त आयोजनामा पहिलो चरणको आत्मरक्षाबारे दुई दिने तालिम बिर्तामोडको अतिथि सदनमा सञ्चालन गरिएको वीरता जेसीजका अध्यक्ष एकराज गिरीले जानकारी दिए।

महिला हिंसाबारे चेतना जगाउने र परिआए प्रतिकार गर्नसक्ने बनाउने उद्देश्यले सञ्चालित तालिममा कुन संवेदनशील अंगमा प्रहार गर्दा आफू उम्किन सकिन्छ र गोप्य अंगको सुरक्षाका लागि के गर्ने भन्ने सिकाइएको छ।

धम्क्याएर बलात्कार प्रयास भए प्रतिरक्षाका लागि किशोरीको मनोबल उच्च पार्न के–कस्ता उपाय अपनाउन सकिन्छ भन्नेबारे किशोरीलाई सिकाइएको छ। आत्मबल उच्च राखेर तत्काल उम्कन सकिने गरी आक्रमण गर्ने तरिकाका विषयमा शारीरिक प्रशिक्षण दिइएको प्रशिक्षक मदन उप्रेतीले बताए।

आफ्नो क्षमता आफूले पहिचान गर्ने, हिंसाका किसिम के–के हुन्, परिस्थितिजन्य अवस्थामा आफूलाई कसरी सुरक्षित गर्न सकिन्छ र कानुनी उपचारका लागि कहाँ जाने भन्ने विषय प्रशिक्षणका मूल सिकाइ भएको बताइएको छ। कसरी सुरक्षित हुने भन्ने शारीरिक र मानसिक उपायबारे पनि सिकाइएको बताइएको छ। तालिममा एकसय जना किशोरीहरुको सहभागिता रहेको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?