निर्मला पन्त बलात्कारपछि हत्या प्रकरण

आरोपित एसपी बिष्टसहित तीनैजनाको डिएनए म्याच गरेन, दोषी पत्ता लगाउन झन कठिन

आरोपित एसपी बिष्टसहित तीनैजनाको डिएनए म्याच गरेन, दोषी पत्ता लगाउन झन कठिन
+
-

काठमाडौँ – बलात्कारपछि हत्या भएकी कञ्चनपुरकी १३ वर्षकी बालिका निर्मला पन्तको हत्यामा संलग्नको पहिचानका लागि गरिएको डिएनए परीक्षणले पनि दोषी किटान गर्न नसक्ने देखिएको छ।

घटनामा संलग्न भएको आशंकामा डिएनए परीक्षण गरिएका तीनैजनाको डिएनए म्याच नभएको उच्च प्रहरी स्रोतले देश सञ्चारलाई जानकारी दिएको छ ।

घटनामा संलग्न भएको आशंकामा कञ्चनपुरका तत्कालीन प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्ट, उनका छोरा किरण बिष्ट र भीमदत्त नगरपालिकाका मेयर सुरेन्द्र बिष्टका भतिज आयुष बिष्टको डिएनए परीक्षण गरिएकोमा डिएनए म्याच नभएको प्रहरी स्रोतले जानकारी दिएको हो ।

उनीहरु तीनैजनाको नमुना संकलन गरी डिएनए परीक्षण गरिएको थियो । परीक्षणको प्रतिवेदन सरकारी वकिलको कार्यालय कञ्चनपुरमार्फत आइतबार सार्वजनिक हुँदैछ ।

यसअघि प्रहरीले घटनामा संलग्न भएको आरोपमा पक्राउ गरेका दीलिप बिष्टको डिएनए परीक्षण भएको थियो, त्यसबाट उनी घटनामा संलग्न नभएको देखिएको थियो ।

आशंका गरिएका तीनजनाको डिएनए परीक्षणबाट पनि दोषी पत्ता लाग्न नसकेको हो । गएको साउन १० गते बलात्कारपछि हत्या भएकी निर्मलाका दोषी अझै पत्ता लाग्न सकेका छैनन् ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?