कास्की सबैभन्दा बढी गर्भपतन हुने जिल्ला

कास्की सबैभन्दा बढी गर्भपतन हुने जिल्ला
+
-

पोखरा – कास्की नेपालको सबैभन्दा बढी गर्भपतन हुने जिल्ला रुपमा रहेको एक अध्ययनले देखाएको छ ।

विभिन्न संघ संस्थाले गरेको अध्ययन तथा अनुसन्धानले गण्डकी प्रदेशलाई बढी गर्भपतन हुने प्रदेशको रुपमा देखाएको छ भने त्यसमा पनि कास्की जिल्लामा ८५ प्रतिशत बढि गर्भपतन हुने गरेको तथ्यांकले देखाएको हो ।

परिवार नियोजन संघ कास्कीका प्रमुख सन्तोष अधिकारीका अनुसार गर्भपतन गर्नकालागि कास्कीमा मात्रै ४० वटा स्वास्थ्य संस्था छन् । उनले गर्भपतनका लागि शहरका महिलाहरु बढि हुने गरेको बताए ।

उनले भने, ‘कास्कीका बजार क्षेत्रकै मात्रै ८३ प्रतिशतभन्दा बढी सेवाग्राही छन् । बाँकीमात्रै गाउँका महिला सेवा लिन आउँछन् ।’ प्रदेशकै राजधानी र अन्य ठाउँभन्दा विशेषज्ञ सुविधा पाउने भएकाले कास्कीमा धेरैले गर्भपतन गर्न आउने गरेको उनको भनाई छ ।

कास्कीमा असुरक्षित गर्भपतनको समस्या बढिरहेको अधिकारीले बताए । ‘११ प्रतिशत त २० वर्षमुनिका युवती नै हुने तथ्य फेला परेको छ । उनीहरुले गैरकानुनी स्वास्थ्य केन्द्रमा गएर गर्भपतन गर्ने गरेको बताए ।

गर्भपतन गर्ने अधिकांश वैवाहिक सम्बन्धमा भएकाहरु छन् यद्यपि परिवार नियोजनको साधनको प्रयोगबारे जानकारी नलिने र प्रयोग गर्न नखोज्ने कारणले महिलाहरु गर्भपतनको जोखिम लिन बाध्य भएको अधिकारी बताउँछन् ।

उनी भन्छन् । ‘परिवार नियोजनका साधनका प्रयोगबारे राम्रोसँग जानकारी लिन सक्ने हो भने गर्भपतन केहि कम गर्न सकिन्छ ’ त्यसै गरी छोराको आशमा छोरीको भ्रुण हत्या गर्नेहरुका कारणले पनि गर्भपतन बढेको उनको भनाई छ ।

गर्भपतन कम गर्नलाई महिला स्वयंमले आफ्नो प्रजनन् स्वास्थ्य अधिकारको बारेमा सचेत हुँदै परिवार नियोजनको साधनमा जोड दिनु पर्ने उनको तर्क छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?