काठमाडौंको तीन ठाउँमा 'जितिया महोत्सव'

पहिचान र संस्कृतिको जगेर्ना गर्ने नाममा राजनीति

पहिचान र संस्कृतिको जगेर्ना गर्ने नाममा राजनीति
+
-

मञ्‍च अगाडि सेतो कलशहरु राखिएका छन्।त्‍यसैको कुनामा एउटा मूर्ति छोपिएर राखिएको छ। जसको नाम हो जितमहान बाबा।त्‍यसको छेउमै रातो बुटा भरिएको सेतो सारीमा चिटिक्क हौसली (घाँटीमा लगाउने गहना), बाकबाजू (पाखुरामा लगाउने) र शीरमा चाँदीको मन्टीका लगाएर उभिएकी छिन थारु महिलाहरु।

व्रतालु महिलाहरुले हल खचाखच भरिएको छ। कोही आफ्ना शखीहरुलाई खोजिरहेका छन् भने कोही आफ्नो जितियाको बारेमा गफिरहेका छन्।अगाडीको कुर्सीमा पत्रकारहरु आफ्नो क्‍यामेराको लेन्स स्टेजतिर सोझ्‍याएका छन्। उनीहरु थारु जातिको भाषा, संस्कृति र पहिचानलाई नजिकबाट नियाल्‍ने प्रयास गरिरहेका छन् क्‍यामेरा, कलम र अन्त हृदयबाट।

केही बेरमा जितियाको गीत बज्छ,

जितया पावैन येलै
ताकै छेलियै भैयाकै बाट

मैया बाबु रहतियै
भैयाके पठाइत यै
भौजीके हृदय कठोर

लैहरा हम जेतियै
खीर पुरी खेतियै
भौजीकै हृदय कठोर

ब्‍याग्राउण्डमा थारु कलाकारहरुले मधुरवाणी संगीत बजाएर कार्यक्रमको शोभा बढाइरहेका छन्। उद्‌घोषले बारम्बार प्रमुख अतिथि, विशिष्ट अथिति र अथितिहरुको परिचय गराइरहेका छन्। लगत्तै जितमहान बाबाको उद्‌घाटन प्रमुख अथितिबाट गराइयो। त्‍यसपछि थारु पौराणिक नाँच धुम्रा नाँच देखाइयो जसमा जोकर, नटुवा र भजनिया (भजन कीर्तन गर्ने)को समूहले साथ दिइरहेका छन्।  साथमा विशिष्ट अतिथि तथा अतिथिहरुलाई समेत पगरी लगाइ दिइएको छ।

यसपटक थारु समुदाय राजधानीमै तीन ठाउँमा भएको महोत्सवमा यही रुप देख्‍न पाइन्थ्यो।  कमलादीमा प्रमुख अतिथि कांग्रेस सभापति शेर बहादुर देउवालाई बोलाए पनि अन्तिममा थारु नेता विजय कुमार गच्छदारले उद्‌घाटन गरे।

यस्तै नाँचघरमा उपप्रधान एवं एवम् नेपाल सरकारका स्वास्थ्यमन्त्री उपेन्द्र यादवले नाँच घरमा थारु सांस्कृतिक संगीत विकास मञ्‍चको जितिया उद्‌घाटन गरे। उनले राज्‍य थारु र मधेसीहरुको पहिचान र अधिकार नदिए पटक पटक द्वन्द्व हुने खतरा रहेको बताए। उनले भने, ‘ राज्‍यले आदिवासी र मधेसी समुदायमाथि चरम विभेद गरेको छ। यसले राज्‍यलाई नै घाटा भइरहेको छ। अब यसको अन्त्‍य गर्नुपर्छ। हामी यसबारेमा सचेत छौ।’

यता, बानेश्‍वरस्थित थापा गाउँ बान्व्केटमा उपसभामुख डा. शिवमाया तुम्बाहाम्फे प्रमुख अतिथिको रुपमा जितियालाई उद्‌घाटन गर्दै  नेपाली मौलिक संस्कृतिको जगेर्ना गर्न सबै एकजुट हुनुपर्ने बताइन् । जातजाति, भाषाभाषी र संस्कृतिको धनी देश भएकाले हरेक संस्कृतिको संरक्षणमा सबै लाग्नुपर्नेमा उनको जोड थियो ।

तुम्बाहाम्फेले संस्कृति संरक्षणको विषय संविधानमै सुनिश्चित भएकाले संविधान कार्यान्वयन गर्नु हामी सबैको कर्तव्य भएकोमा जोड दिइन्।

तर संस्कृतिको नाममा हुने विभेदको अन्त्य गर्दै असल र मौलिक संस्कृति संरक्षणका लागि समुदायलाई आग्रह गरिरहँदा थारुहरु तीनै ठाउँबाट थारु समुदायको कला, संस्कृति र पहिचानको नाममा आफैमा फुटाफुट अवस्थामा जितिया महोत्सव मनाइरहेका थिए।

थारु सांस्कृतिक विकास मञ्‍चका कानूनी सल्लाहकार महेश्‍वर चौधरीले थारु जातिको माग मुद्दालाई राज्‍यले सम्बोधन गर्नु पर्ने बताए। उनले भने ‘ थारु नेपालको आदिवासी र परापूर्वकालदेखिनै बस्दै आएको बासी हो।उनीहरुको आफ्नै पहिचान र संस्कृति आफ्‍नै प्रकारको रहेको छ। राज्‍य, प्रशासन र सरोकारवालहरुले यसलाई यथोथित रुपमा सम्बोधन गर्नुपर्छ।’ उनले थारु व्रतालु महिलाहरुलाई बाबा जितमहानको कथा सुनाएका थिए।

उनले थारु लगात देशमा हक अधिकार नपाएकाहरुलाई राज्‍यले सम्बोधन गर्नु पर्ने साथै जेलमा रहेका थारु समुदायलाई बिनासर्त रिहाइ गर्नु पर्ने माग गरे। उनले थारुहरुो कथा व्‍यथा जस्तै अन्‍य भाषाभाषी र संस्कृतिका जातिहरुको समेत रहेको भन्‍दै यसलाई सरकारले वार्ताको माध्‍यमबाट समाधानको बाटो दिनु पर्ने बताए।

कार्यक्रममा पूर्वराज्‍य खेलकुदमन्त्री एवं कांग्रेसका सांसद तेजुलाल चौधरीले सरकारले थारु जातिको चाडपर्वहरुलाई जथाभावी विदा काटेकाले संस्कारप्रति हेलचेक्रयाइ गरेको आरोप लगाए। उनले भने, ‘थारुहरु कला र संस्कृतिमै त धनी छन्। उनीहरुको आफ्नै भेषभूषा छ र त नेपाल संस्कृतिमा धनी छ, फेरि किन सरकार उनीहरुको संस्कारप्रति उदासीन?’

उनले थारुहरु अब चेतना र शिक्षाको क्षेत्रमा अगाडि बढ्‍नु पर्नेमा जोड दिए। उनले भने,’ थारुहरु कलामा पूर्ण रुपले धनी छ। तर शिक्षा र प्रशासनमा पछाडि छ अब त्‍यसको बारेमा पनि थारु समुदाय अग्रगामी रुपमा आउनु पर्ने चुनौती छ। यसको लागि हामी पहिला शिक्षामा लगानी गरौ, सभ्‍य चेतना र सहभागीमुलक बनौं।’

काठमाडौँको बानेश्वरमा थारु महिला समाजले आयोजना गरेको जितिया महोत्सवमा हरियो बुट्टा भएको सेतो सारीमा सजिएका छन् थारु महिलाहरु। एकअर्कामा शुभकामना साटेर परिवारको शुखशान्तिका लागि जितिया पर्व मनाउन आएको उस्तै पोशाकमा सजिएकी कल्पना चौधरीले बताइन्। उनले भनिन् ‘
‘ अब हाम्रो पुस्ताले आफ्नो संस्कृति नबचाए कस्ले बचाउने ?,”

प्रायः विवाहित महिलाले परिवारको सुखशान्ति र समृद्धिको कामना गर्दै व्रत बसेर जितिया मनाउँछन्। नवविवाहित महिलाले जुन वर्ष शनिबार जितिया पर्छ, त्यही दिनबाट मात्रै विधिपूर्वक पर्व मनाउन शुरु गर्ने चलन छ।

त्यसैले विवाह भएको वर्षौं हुँदासमेत केही महिलाले पर्व मनाउन पाएका हुँदैनन् । यसलाई उनीहरुको भाषामा सुइत (साइत) नलागेको भनिन्छ । पाँच वर्षअघि विवाह गरेकी ममता चौधरीलाई सुइध लागेको छैन। “रहर भए पनि जितिया मनाउन पाएको छैन, सुइधको पर्खाइमा छु्,” उनले भनिन्।

जितिया पर्वको आफ्नै मिथक छ। बिहान भाले नबास्दै दर खाएका थारू महिलाले जितमहान बाबाको कथा सुनेर आज पानी नै नखाई व्रत बस्छन्। आफ्नो पति र सन्तानको दीर्घायुका लागि व्रत बस्ने थारू महिलाले जितमहानको पूजा गर्ने परम्परा रहेको बताउँछन् थारु संस्कृतिविद् भुलाई चौधरी ।

संस्कृति र पहिचानलाई सधैं बचाइ राख्‍नको लागि आज दिदी बहिनीहरु तराईमा कथा सुन्‍ने र काठमाडौंका दिदीबहिनीहरुले भेला भएर मनाउने गरेको उनको प्रतिक्रिया छ। उनी भन्छन्, ‘सप्तमीका दिन दर खाने अर्थात् लाइ खाने चलन हुन्छ। आज अष्टमीका दिन उपवास(व्रत) बस्ने, जितमहानको कथा सुन्ने र गाउँका महिला जम्मा पौराणिक गीत-संगीतमा रमाउँछन्, जसले उनीहरुलाई भोक महसूस नहोओस्।’

निराहार व्रत बसेका महिलाले जलाशयमा नुहाएर माटोको प्रतिमामा पूजा गर्दछन्। परिवार भेला भई मीठो मसिनो खाएर यो चाड मनाउने परम्परा छ । नवमीका दिन विधिपूर्वक जितिया समाप्त हुन्छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?