अरिङ्गाल ब्यवसायबाट अरिङ्गालवाली बनेकी सृजना

अरिङ्गाल ब्यवसायबाट अरिङ्गालवाली बनेकी सृजना
+
-

म्याग्दी/बेनी-सामाजीक सञ्‍जालदेखि जताततै अरिङ्गालको चर्चा निकै चुलिएको छ। व्‍यग्यांत्मक प्रयोगमा सामाजिक संजालमा छाइरहेको बेला अरिङ्गाल ब्यवसायबाट बेनी नगरपालिका वडा नं. ७ मा विरेन्द्र चोकमा सृजना भट्टचन भने पछिल्लो समय अरिङ्गालवालिबाट चर्चा बटुलिरहेकी छिन्।

लामो समय देखि होटल ब्यवसायमा आवद्ध उनलाई पछिल्लो समय अरिङ्गालवालि भनेर चिनिने एउटै कारण भने उनले अरिगांलको ब्यापार गर्छिन् । विरेन्द्रचोकमा रहेको होटल रोजिनाकी संचालक रहेकी सृजनाले अरिङ्गालको ब्यापार फष्टाउँदै गएपछि ग्राहकले उनलाई अरिगांलवालि नाम राखिदिएका छन् । कतिले अरिङ्गाल खाए पछि सामाजिक संजालमा फोटो पोष्ट गर्दै अरिङ्गालवालि नाम दिने गरेका छन्।

२ वर्ष अघि गलेश्वर चमेरेमा अरिङ्गालको ब्यापार गरेको देखेकी उनले पछिल्लो तीन महिना देखि आफैले अरिङ्गालको ब्यापार गर्दै आएकी छिन् । उनलाई यो ब्यवसायमा सल्लाह दिने महिला उद्यमी पुष्पा पुन हुन्।

म्याग्दी विमका रिम बहादुर र खिम बहादुर गौतम दुई भाइले अरिङ्गाल पोेलेर ल्याउने गरेका छन् । सृजनाले मानाको १५ सय रुपैयामा अरिङ्गाल खरिद गर्दै आएकी छिन् । शुरुमा त उनले २ हजार तिरेर समेत अरिङ्गाल खरीद गरिन् । अहिले सिजनको समयमा उनले १५ सय मानामा पाएकी छिन्।

सृजनाले ग्राहकलाई अरिङ्गाल फ्राई गरेर लसुन प्याज राखेर पाँचसय प्लेटमा बेच्छिन् । अहिले उनलाई यसैको ब्यापारमा भ्याइ नभ्याइ छ ।
उनको होटलमा अरिङ्गाल खाने कसरी आइपुगे त ग्राहक ?

उनी भन्छिन्, ‘यो सब फेसबुकको कमाल हो ।’ मैले फेसबुक मार्फतनै यसको प्रचार गरे। त्यहीबाट यसको ब्यापार बढ्यो । शुरुमा मैल अरिङ्गाल राखेर खाने हो भनेर स्टाटस राखे, त्यस पछि अरिङ्गालको नयाँ ब्यवसाय भन्दै पोष्ट गरें, लगत्तै फष्टाउँदै छ अरिङ्गाल ब्यवसाय भन्दै अरिङ्गालको फोटोहरु राख्न थाले।

अरिङ्गाल आउँदाको दिन आज आइपुग्यो अरिङ्गाल भन्दै फेसबुकमा पोष्ट गरिहाल्थे । यसैबाट ब्यवसायले गति लिन थाल्यो ।’ उनले उत्साहित हुँदै भनिन् । ‘अहिले त काठमाडौ पोखराबाट समेत अरिङ्गाल माग बढिरहेको छ । तर माग अनुसार पुर्याउने सकेको छैन’

सृजनाले दैनिक १० देखि १५ हजारसम्मको अरिङ्गालको ब्यापार गर्छिन् । विशेष गरि अरिङ्गाल खान आउनेहरु सौखिन, चिसो लागेका र प्रेसर लो भयो भन्नेहरुले बढि अरिङ्गाल खान आउँछन् ।

फरक ब्यवसायबाट ब्यवसायिक यात्रा अघि बढाउँदै अरिङ्गालवालिको उपमा पाएकोमा उनी दंग छिन् । अरिङ्गाल भन्दा बित्तिकै धेरै डराउँछन् तर यहिनै ब्यवसायको रुपमा आजकाल फष्टाउँदो छ । यसलाई ब्यवसायिक रुपमा पालन गर्न सके अझै राम्रो हुँदै जाने उनको विश्वास छ ।

यता अरिङ्गाल पोलेर आर्थिक जोहो गर्न सफल भएका म्याग्दी विमका रिम बहादुर गौतम भन्छन् । ‘एक दिन गाउँमा एक जना गुरुङ्ग थरका ब्यक्ति अरिङ्गाल खोज्दै आए, हामीले अरिङ्गाल पोलेर दियौ।

उनले अरिङ्गाल खाए पछि स्वास्थ्यमा सुधार आएको र शरीर पसीना आउने गरेको बताए । त्यसपछि खरबाङ्गबाट पनि अरिङ्गालको माग हुनथाल्यो । हामीले वरिपरि खोज्दै अरिङ्गाल बेच्न थाल्यौ । अहिले त एकदमै माग बढ्दो छ ।’

ठुलो घारबाट ३३ माना जति अरिङ्गाल निकालेको र ४० हजार जति कमाएको उनको भनाई छ ।
अहिले अरिङ्गाल खोज्न १ दिनको बाटो सम्म पुग्ने गरेको उनको अनुभव छ । उनले अरिङ्गालको ब्यवसायिक पालनको बारेमा भने कसैसँग नसोधेको बताए ।
उनले भने– ‘अरिङ्गाल टोक्ने भएकाले अलि गाह्रो हुन्छ होला यसको ब्यवसायिक पालन गर्ने पछिल्लो समय माग बढ्दै गएको छ अब कृषि विज्ञहरुले कुनै सल्लाह दिनु भयो भने गर्ने सकिन्छ कि !’ उनले अरिङ्गाल ब्यवसायिक पालन गर्ने कुनै आइडिया पाउन सके गर्न इच्छा ब्यक्त गरे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?