ट्राफिक प्रहरी प्रमुखको चेतावनी, ‘जुत्ता नलगाए लाइसेन्स जफत’

ट्राफिक प्रहरी प्रमुखको चेतावनी, ‘जुत्ता नलगाए लाइसेन्स जफत’
+
-

विर्तामोड – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले चाडवाडको बेला दुर्घटना बढ्नसक्ने भन्दै सवारी चालक तथा सवारीका मालिकहरुलाई सचेत गराउन थालेको छ ।

बुधबार ट्राफिक प्रहरीले सवारी चालक तथा व्यवसायीको एक भेला नै आयोजना गरी सचेत गराएको हो । सवारी चलाउँदा जुत्ता अनिवार्य प्रयोग गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापामा प्रमुख प्रहरी निरीक्षक राजेश राईले आग्रह गरेका छन् ।

प्रमुख राईले चालक र व्यवसायीलाई चेतावनीपूर्ण तरिकाले भने, ‘जुत्ता नलगाए लाइसेन्स जफत हुन्छ, एकपटक सम्झाउछौँ अर्को पटकबाट कारवाही अभियान सुरु हुन्छ ।’

चेकजाँचमा कडाई, मापसे जाँच, ट्राफिक नियमको पालना लगायतको काम ट्राफिकले गरिरहेको भन्दै अब चालकले जुत्ता लगाए–नलगाएको पनि चेक जाँच गर्ने राईले बताए ।

यससँगै दुर्घटना कम गर्न झापामा सार्वजनिक यातायातका चालकलाई जुत्ता अनिवार्य गरिएको छ । चालक र व्यवसायीलाई भेला डाकेरै यस्तो जानकारी गराइएको हो । चप्पल मात्रै लगाएर सवारी हाँकेको भेटेमा लाईसेन्स नै खारेज गर्नसक्ने वा जरिवाना गर्नसक्ने ट्राफिक प्रमुख राईले बताए ।

दसैँ तिहारजस्ता चाडपर्वका बेला दुर्घटनाको सम्भावना बढ्ने भन्दै यस्तो नियम सुरु गरिएको राईको भनाई छ । सवारी चालक अनुमतिपत्र व्यवस्थित गर्ने निर्देशिका २०६९ को दफा २ मा जुत्ता लगाउनुपर्ने नियम छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?