
अ
+
अ
अ
-
काठमाडौँ – कमसल धितो प्रवाह गरेर घोटाला गरेको आरोप लागेपछि फरार रहेका किष्ट बैंकका तत्कालीन प्रबन्ध सञ्चालक कमल ज्ञवाली पक्राउ परेका छन् ।महानगरीय अपराध अनुसन्धान महाशाखाको टोलीले उनलाई भारतबाट पक्रेको हो ।
भारतमा पक्राउ परेर नेपाल ल्याइएका ज्ञवालीलाई आज धनगढीबाट काठमाडौँ ल्याइदै छ ।
६ करोड सम्पत्ति धितो राखेर ३ गुणा भन्दा बढी कर्जा प्रवाह गरेको अभियोगमा प्रहरीले अनुसन्धान थालेलगत्तै ज्ञवाली फरार रहेका थिए ।
दुई वर्षअघि ०७३ जेठमा उच्च अदालत पाटनले उनीमाथि ४ वर्ष कैद र १५ करोड जरिवाना गर्ने फैसला गरेको थियो ।
ज्ञवाली फरार भएपछि प्रहरीले उनकी श्रीमती गौरी खनालाई पक्राउ गरेर अनुसन्धान गरेको थियो ।