पोखरा महानगरमा सोलार बत्ती जडान कार्य सुरु

पोखरा महानगरमा सोलार बत्ती जडान कार्य सुरु
+
-

पोखरा- पोखरा महानगरले शहर उज्यालो कार्यक्रम अन्तर्गत विभिन्‍न स्थानमा सोलार बत्ती जडान कार्य शुरु गरेको छ।

पोखराको विभिन्न स्थानमा ३ सय ५० थान सोलार जडान गर्ने कार्य लाई यतिबेला महानगरले तिव्रता दिएको महानगरका इन्जिनियर ध्रुव भट्टराईले जानकारी दिए।

उनले ८० प्रतिशत महानगर तथा २० प्रतिशत जनसहभागिता समावेश गरी सोलार जडान गरिएको र मुख्य स्थानहरुमा महानगरको लागतमा सोलार जडान गरिएको भट्राईले बताए।

महानगरले अब सोलारको साथै नेपाल विद्युत प्राधिकरणको सहकार्यमा स्मार्ट सडक बत्तिलाई जोड दिने अगाडि बढाएको उनको भनाई छ।

महानगरप्रमुखका स्वकिय सचिव लक्ष्मण तिमिल्सिनाले पर्यटकिय शहर पोखरा महानगरमा सोलार बत्तीको माग अनुसार उपलब्ध गराउन नसकिए पनि अघिल्लो बर्ष टेन्डर गरि ल्याइएको सोलार जडानलाई निरन्तरता दिएको बताए।

उनले महानगरमा यस अघि नै तिब्बत सरकारको सहयोगमा १ हजार थान सोलार बत्ती तथा महानगर र स्थानिय सहभागितामा ८ सय थान सोलार बत्ती जडान गरिसकिएको जानाकारी दिए।

महानगरले उज्यालो पोखरा कार्यक्रम अन्तर्गत यस बर्ष पनि बजेट बिनियोजन गरेको र यस बर्ष मर्मतको कामलाई समेत प्राथमिकतामा राखी काम अगाडि बढाएको तिमिल्सिनाको भनाई छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?