नौ दिनपछि खुल्यो पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल

नौ दिनपछि खुल्यो पश्‍चिमाञ्‍चल क्षेत्रीय अस्पताल
+
-

पोखरा- कर्मचारी आन्दोलनको कारण नौ दिनदेखि बन्द रहेको पश्चिमाञ्चल क्षेत्रिय अस्पताल (स्वास्थ्य विज्ञान प्रतिष्ठान) आजदेखि बल्ल सञ्‍चालनमा आएको छ।
आन्दोलनरत कर्मचारी र प्रशासनबीच दुई बुँदे सहमति भएपछि कर्मचारी काममा फर्किएका हुन्। आज आन्दोलनरत कर्मचारी र प्रशासन बीच बसेको बार्ताबाट सहमति जुटेको हो।

सहमति अनुसार अस्थायी कर्मचारी स्थायी गर्न प्रक्रिया सुरु गर्ने, २०६४ का कर्मचारीको स्तर बुद्धि गर्ने सहमती भएको आन्दोलन समितिका अध्यक्ष डाक्टर ढाका कुमार श्रेष्ठले जानाकारी दिए।

पहिलो बुँदामा प्रतिष्ठानतर्फ दोस्रो सभा अगाडि कार्यरत सम्पूर्ण करार तथा ज्यालादारी कर्मचारी स्थायी गर्न आगामी सभा बैठकमा एजेन्डा प्रस्तुत गरी स्वीकृती गराई वा अनुमति लिइ एक हप्ता भित्रमा एक पटकको लागि सिमित आन्तरिक विशेष प्रतियोगिता मार्फत प्रकृया थालनी गर्ने सहमति गरिएको छ।

यस्तै दोस्रो बुँदामा ०६४ सालमा स्थायी कर्मचारीको स्तरवृद्धि सम्बन्धमा ०७५ साउन १ गते देखि लागू हुने गरी समायोजन तथा एक पटकको लागि असोज मसान्त भित्रमा एक तह स्तर बृद्धि गर्ने सहमति भएको छ।

नौ दिनदेखि स्वास्थ्य विज्ञान प्रतिष्ठाका कर्मचारी र प्रशासनबिच वार्ताबाट सहमति निस्किन नसक्दा विरामी मर्कामा परेका थिए । कर्मचारीको आन्दोलका कारण इमजेन्सी र आइसियु बाहेका सबै सेवा ठप्प रहेको थियो।

जसले गर्दा उपचारका लागि गाउँ गाउँबाट अस्पताल आएका विमारीहरु उपचार गर्नबाट बञ्चित हुन पुगेका थिए।अस्थायी कर्मचारीलाई स्थायी गर्नुपर्ने साथै स्थायी कर्मचारीको स्तर बृद्धिको माग राखेर अस्पतालमा कार्यरत २९० जना कर्मचारी आन्दोलनमा थिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?