ताम्राकार हाउसमा दसैं मोबाइल मेला, मोबाइल खरिदमा ६० प्रतिशत छुट

ताम्राकार हाउसमा दसैं मोबाइल मेला, मोबाइल खरिदमा ६० प्रतिशत छुट
+
-

काठमाडौं- नेपालीहरुको महान चाड विजया दशमीको अवसर पारेर ताम्राकार कम्प्लेक्सले दशैं मोबाइल मेला आयोजना गर्ने भएको छ।

काठमाडौंको मुख्य व्यापारिक केन्द्र पाको न्यूरोडमा रहेको ताम्राकार कम्प्लेस र मोबाइल व्यवसायीहरुको छाता संगठन मोबाइल व्यापार संघको संयुक्त आयोजनामा मोबाइल मेला आयोजना हुन लागिएको मोबाइल व्यापार संघका अध्यक्ष जगत साउदले जानकारी दिए।

उनका अनुसार दशैं मोबाइल मेला ग्राहकहरुले फरक अनुभव र आफूले रोजेको मोबाइल सूपथ मूल्यमा किन्‍ने अवसर पाउनेछन्। उनले भने ‘
‘ताम्राकार कम्प्लेक्स मोबाइल खरिद बिक्रीका लागि मुख्य केन्द्र नै हो, हामीले ग्राहकहरुलाई दशैंमा विभन्‍न अफरहरु जुराइ दिएका छौ। उहाँहरुलाई सुपथ मुल्यमा फोनहरु बिक्री गर्नेछौं,’

असोज २३ गतेदेखि ३१ गतेसम्म लाग्‍ने मोबाइल मेलामा ताम्राकार कम्प्लेक्स भित्रका मोबाइल पसलहरुमा मोबाइल खरिद बिक्रीमा ग्राहकहरुले न्यूनतम ४ प्रतिशतदेखि अधिकतम ६० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन्।

यसका साथै कुनै पनि मोबाइल खरिदमा ग्राहकहरुले एउटा इनर्जी ड्रिंक प्राप्त गर्नेछन् भने स्मार्ट टेलिकमको सीम कार्ड समेत निशुल्क प्राप्त गर्ने छन्।तर निश्चित रकम ब्यालेन्ससहितको कार्ड एक्टिभेट गर्न भने आवश्यक प्रकृयाहरु ग्राहकहरुले पुरा गर्नुपर्ने हुन्छ।

यस्तै विभिन्‍न मोबाइल कम्पनीहरुले आफ्नो प्रवर्द्धनमा राखेको स्कीमहरु पनि ग्राहकहरुले उपयोग गर्न पाउनेछन्। यति मात्रै नभएर मोबाइल व्यवसायी संघ ताम्राकार कम्प्लेक्सले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक सेवा समेत गर्ने घोषणा गरेको छ।

दशैं मोबाइल मेलाको अवधिभर ताम्राकार कम्प्लेक्सबाट बिक्री हुने प्रत्येक मोबाइलबाट रु.२०/– संकलन गरेर चर्चित मिडियाकर्मी रबि लामिछानेको नेतृत्वमा निर्माण भईरहेको कालिकोट जिल्लाको रास्कोट सामुदायिक अस्पताललाई उपलब्ध गराउने छ। उक्त रकम रवि लामिछानेलाई मेला सकिएपछि सार्वजनिक रुपमा हस्तान्तरण गरिनेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?