श्रेयाको परिवारलाई प्रदेशसभा सदस्य पहारी र प्रहरीको सहयोग

श्रेयाको परिवारलाई प्रदेशसभा सदस्य पहारी र प्रहरीको सहयोग
+
-

पोखरा – कास्की प्रहरीले सम्मानसहित पाएको नगद बलात्कार पछि हत्या गरिएकी श्रेया बिक सुनारको परिवारलाई हस्तान्तरण गरेको छ।

किरात सेवा समाज कास्कीले कास्की प्रहरीले अपराध अनुसन्धानमा उत्कृष्ट काम गरेको भन्दै गत शनिबार सम्मान गरेको थियो।

कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना मगर, कास्की प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक रवीन्द्रमान गुरुङ र वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायव उपरीक्षक नवीन कार्कीलाई नगदसहित सम्मान गरेको थियो।

सम्मान स्वरुप प्राप्त नगद २० हजार सोमबार श्रेयाको आमा बेल कुमारी बिकलाई हस्तान्तरण गरिएको हो।

सोमबार श्रेयाको घरमा पुगी गण्डकी प्रदेशका सांसद राजिव पहारी, कास्कीका प्रमुख जिल्ला अधिकारी चक्रबहादुर बुढा, कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक ओमबहादुर राना मगर लगायतले नगद रकम श्रेयाको आमा बेलकुमारी बिकलाई हस्तान्तरण गरेका थिए।

गण्डकी प्रदेशका सांसद पहारीले समेत नगद १० हजार रुपैयाँ श्रेयाको परिवारलाई प्रदान गरेका थिए। सांसद पहारीले बलात्कार जस्तो जघन्य अपराधमा संलग्नलाई हदैसम्मको कार्बाही गर्नु पर्ने बताए।

उनले नेपालको कानुनमा फाँसीको सजाय नभएकाले कानुन संशोधनको पहल गर्ने बताए। समाजमा बढ्दो अपराधलाई न्यूनिकरण गर्न कडा कानुनको आवश्यक रहेको उनको धारणा थियो।

कास्की प्रहरी प्रमुख ओम रानाले श्रेयाको हत्याले विक्षिप्त बनेको परिवारमा त्यसमाथि आर्थिक अभावमा दयनीय जीवन गुजारिरहेको परिवारलाई राहत स्वरुप उक्त रकम प्रदान गरिएको बताए। उनले नागरिकहरु चनाखो भएर प्रहरीलाई साथ दिने हो भने कुनै पनि अपराधी उम्कन नसक्ने बताए।

सो अवसरमा बोल्दै कास्कीका प्रमुख जिल्ला अधिकारी चक्र बहादुर बुढाले समाजमा पछिल्लो समय हत्या हिंसा बलात्कार बढिरहेको भन्दै न्यूनिकरणकालागि सबै सचेत हुनुपर्ने बताए। समाजमा रहेका महिला समूह, आमा समूह युवा समूहहरुले यस्ता घटनाहरुलाई निर्मुल गर्नका लागि सचेतनामूलक कामहरु गर्नुपर्ने धारणा राखे।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?