विश्व दृष्टि दिवसः

सवारी चालकले गराए आँखा परीक्षण

सवारी चालकले गराए आँखा परीक्षण
+
-

बिर्तामोड – अर्जुनधारा–११ का सार्वजनिक सवारीका चालक बानुलाल चौधरी बिहीबार बिहान बिर्तामोडको टेकबहादुर गिरी बसपार्कमा आँखा जाँच गराउन उभिएका थिए।

जिल्ला ट्राफिक प्रहरी कार्यालय झापा र मेची आँखा अस्पतालको संयुक्त आयोजनामा भएको आँखा जाँच शिविरमा उनी पनि आफ्नो आँखा जँचाउन आएका थिए।

सार्वजनिक सवारी चलाउनका लागि अनुमतिपत्र लिँदा बाहेकको उनले आँखा देखाएका थिएनन्। तर, सवारी चलाउँदा होस् वा अन्य कुनै काम गर्दा आँखा राम्रो देखिएन भने त्यसले भयानक दुर्घटना निम्त्याउन सक्छ भनेर चौधरी आँखा जाँच गराउन आएका हुन्।

त्यस्तै अर्का चालक निवासकुमार मण्डल पनि आँखा जाँच गराउन शिविरमा आएका थिए। ‘दृष्टि सबैका लागि सधैँका लागि’ भन्ने मूल नारासहित सवारी चालकहरुको आँखा जाँच गरेर मेची आँखा अस्पताल र जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले संयुक्त रुपमा विश्व दृष्टि दिवस बिहीबार मनाएको हो।

विश्व स्वास्थ्य संगठन डब्लुएचओ र अन्धोपन निवारणका लागि अन्तर्राष्ट्रिय एजेन्सी आइएपिबीको आह्वानमा सन् १९९९ देखि हरेक वर्ष अक्टोबर महिनाको दोस्रो बिहीबार विश्व दृष्टि दिवस मनाउन थालिएको हो।

ग्रामीण क्षेत्रमा आँखा स्वास्थ्यमा सुधारका लागि कार्यक्रम केन्द्रित रहेपनि सवारी चालकले आँखा जाँच नगराउँदा दुर्घटनाको उच्च जोखिम रहने भएकाले ट्राफिक प्रहरीसँग सहकार्य गर्दै सवारी चालकको आँखा जाँच गराइएको मेची आँखा अस्पतालका प्रशासकीय अधिकृत सुरज रौनियारले जानकारी दिए।

करिब एक हजार चालकको आँखा जाँच गरिने लक्ष्यका साथ कार्यक्रमको आयोजना गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक राजेश राईले बताए। उनले भने, ‘वर्षमा एक पटक चालकले मात्र होइन, आम सर्वसाधारणले पनि आँखा जाँच गराउन जरुरी छ।’

नेपालमा दुई लाख २० हजार जनामा कुनै न कुनै प्रकारको अन्धोपना रहेको सरकारी तथ्यांक पाइन्छ। अन्धोपन निवारणमा लागि सरकारले सन् १९९९ नोभेम्बरमा ‘भिजन ट्वेन्टी–ट्वेन्टी’ २० वर्षे कार्यक्रम घोषणा गरी कार्ययोजना लागू गर्दै आँखा स्वास्थ्य सेवामा प्राथमिकता दिएको छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?