अनेरास्ववियु छैठौंको २१औं राष्ट्रिय सम्मेलन शुरु

संघीयता खारेज नगरे देश कंगाल हुन्छः चित्रबहादुर केसी

संघीयता खारेज नगरे देश कंगाल हुन्छः चित्रबहादुर केसी
+
-

बिर्तामोड – राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले नेपालमा जबरजस्ती लादिएको संघीयता खारेज नगरे देश कंगाल हुने बताएका छन्।

अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (छैठौँ) को २१औं राष्ट्रिय सम्मेलन बिर्तामोडमा उद्घाटन गर्दै केसीले संघीयता खारेजीका लागि सबै नेपाली एकजुट हुनुपर्ने बताएका हुन्।

‘संघीयता यो देशले धान्न सक्दैन, प्रदेशको संरचना खारेज नगरी देश उँभो लाग्न सक्दैन,’ केसीले भने। उनले स्थानीय तहलाई अझ अधिकार सम्पन्न बनाएर प्रदेशको संरचनालाई भत्काउनु पर्ने बताए।

प्रदेशको संरचना राजनीतिक दलका नेता तथा कार्यकर्तालाई भागबण्डा मिलाउनका लागि मात्र भएको केसीले जिकिर गरे। उनले भने, ‘यो प्रदेशको केही काम छैन, किन चाहियो सात प्रदेश? के यो आन्दोलनले उठाएको माग थियो?’

देशको अधिकांश विकास निर्माणमा खर्च हुने पैसा तलब र भत्तामा खर्च हुने भएकाले नेपालका लागि दुर्भाग्य हुने केसीको भनाइ थियो। उनले अनेरास्ववियु छैठौंले संघीयता विरुद्धको आन्दोलनको नेतृत्व गर्ने बताएका छन्।

अनेरास्ववियु छैठौंको २१औं राष्ट्रिय सम्मेलन तीन दिनसम्म चल्ने छ। उक्त सम्मेलनबाट नेतृत्व चयन हुने अनेरास्ववियु छैठौंका पदाधिकारीहरुले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?