
पोखरा – बेवारिसे महिलालाई बलात्कार गरिरहेका एक पुरुष मध्यरातमा रंगेहात पक्राउ परेका छन् ।
पोखराको बगालेटोलदेखि सोंपाल तमु समाज भवन हुँदै पर्स्याङ निस्कने सुनसान सडकमा अधबैँसे अशक्त महिलामाथि बलात्कार गरिरहेको अवस्थामा बटुबाले देखेपछि उनलाई पक्राउ गरिएको हो ।
३२/३५ वर्षका अमृत पन्त मदिराले लठ्ठ अवस्थामा रहेका थिए । उनी बाग्लुङ मुलपानी घर बताउने अमृत पन्त भएको खुल्न आएको छ । उनी लुम्बिनी बैंकको पोखरा, न्युरोड शाखामा सहयोगीका रुपमा कार्यरत हुन् ।
दुईजना बटुवाले उक्त क्रियाकलाप देखेपछि प्रहरीलाई खबर गरेका थिए, बाटोमा हिँड्दै जाने क्रममा महिलाले गुहार मागेजस्तो अस्वभाविक आवाज सुनेपछि । पन्तले गलत कार्यगरिरहेको अवस्थामा भेटिएका थिए । असई बद्रीनाथ शर्माको टोलीले पक्राउ गरी वडा प्रहरी कार्यालय बैदाम लगेको छ ।
महिला अचेत अवस्थामा भेटिएकी छन् । उनको निधारमा चोट देखिएको छ । ५५/६० वर्षकी मीना पौडेलको घर तथा परिवारको अवस्था थाहा हुन सकेको छैन । उनलाई अस्पताल पठाईएको छ ।
सोमबार राति ११ः३० को भएको घटनामा पन्तले माफी माग्दै बरु गोलि ठोक्नु तर प्रहरीलाई खबर नगर्नु भनेको प्रत्यक्ष दर्शि वटुबाले बताएका छन् । पन्त पक्राउ परिसकेको र सो विषयमा थप अनुसन्धान गरिने बैदाम प्रहरी प्रमुख नवीन कार्कीले जानकारी दिए ।