इजाजतबिना र्‍याफ्टिङ गराउने सात जना पक्राउ

इजाजतबिना र्‍याफ्टिङ गराउने सात जना पक्राउ
+
-

पोखरा- कास्कीको उपल्लो सेतीमा विना इजाजत बिना नै र्‍याफ्टिङ गराउने सात जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ। प्रहरीले उपल्लो सेती नदीमा र्‍याफ्टिङ गराउने सुनिल चौलागाईसहित र्‍याफ्टिङ गाइड सानु गुरुङ, गणेश गुरुङ, सुवास सेढाइ, प्रकाश गुरुङ, किसान गुरुङ र जीवन अधिकारीलाई पक्राउ गरेको हो ।

एक वर्ष देखी एडभान्स कम्पनीको नामबाट सेती नदीमा इजाजतविना र्‍याफ्टिङ सञ्चालन गर्दै आएकोले र्‍याफ्टिङ गर्नेलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। एड्भान्स कम्पनीले र्‍याफ्टिङ गाइडलाई भाडा लिइ विना अनुमती र्‍याफ्टिङ सञ्चालन गर्दै आएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रमुख ओमबहादुर रानाले देशसञ्चारलाई बताए। ‘कुनैपनि कम्पनीमा आबद्ध नभएको र इजाजत पनि नलिएको आधारमा प्रहरीले पक्राउ गरेको हो,’ उनले भने।

प्रहरीले सेती नदीको याम्दी दोभानबाट र्‍याफ्टिङमा प्रयोग हुने सामाग्री पनि नियन्त्रणमा लिएको छ । वडा प्रहरी कार्यालय बगरबाट खटिएको सादा पोशाकका प्रहरी हवलदार कृष्ण ढकालको नेतृत्वमा पुगेको प्रहरीको टोलीले ३ थान कायक र ३ थान र्‍याफ्टिङ बोट सहित र्‍याफ्टिङको सामाग्री ढुवानीमा प्रयोग भएको मामा ट्रान्सपोर्ट प्रालिको ग १ ख ८१२६ नम्बरको बसलाई समेत नियन्त्रणमा लिएको वडा प्रहरी कार्यालय बगरका प्रहरी निरिक्षक दुर्गा बहादुर श्रेष्ठले जानकारी दिए।

‘साहासिक खेल गैह्रकानुनी रुपमा संचालन हुँदा भवितब्य केहि भए जिम्मेवार को भन्ने प्रश्न उठ्छ ।’ त्यसैले हामीले निगरानी बढाएर नियन्त्रणमा लिएका हौ श्रेष्ठले भने। कास्कीको अपर सेती नेपालकै उत्कृष्ट र्‍याफ्टिङ गन्तब्य मानिन्छ। यद्यपि, इजाजत विना र्‍याफ्टिङ सञ्चालन गरेको सुचनाको आधारमा प्रहरीले निगरानी बढाएको थियो।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?