
पोखरा – पोखरा महानगरपालिका वडा नम्बर–१८ सराङकोटमा रंग लगाउने क्रममा लडेर एक युवकको मृत्यु भएको छ।
सराङकोटमा बन्दै गरेको होटल बाराहीकोे रिसोर्टमा रंग लगाउने क्रममा मकवानपुरको हेटौंडा बस्ने २५ वर्षका राजकुमार मगर मृत्यु भएको हो।
प्रहरीका अनुसार उक्त रिसोर्टको तेश्रो तलाबाट खस्दा घाइते भएका मगरको उपचारको लागि मणिपाल अस्पताल लगिएको थियो।
तर, अस्पताल पुर्याएपछि डाक्टरले चेकजाँच गर्ने क्रममा मृत घोषणा गरेका हुन्। घटनाका विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रहरी नायव उपरीक्षक गोविन्द पुरीले जानकारी दिए।