‘प्रथम नेपाल प्याराग्लाइडिङ वर्ल्ड कप २०१८’ को तयारी पूरा

‘प्रथम नेपाल प्याराग्लाइडिङ वर्ल्ड कप २०१८’ को तयारी पूरा
+
-

पोखरा-स्याङजाको पर्यटकीय ठाउँ स्वरेकमा विहीबारदेखि हुने ‘प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वल्र्ड कप २०१८’ को तयारी पूरा भएको छ।

नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याण्डग्लाईडिङ्ग संघ, नेपाल हवाई खेलकुद संस्था, बाबु एड्भेन्चर क्लब स्याङ्गजाको संयुक्त आयोजनामा नेपालमा पहिलो पटक प्याराग्लाईडिङ्ग बिश्व कप हुने भएको हो।

हालै ईन्डोनेसियामा सम्पन्न १८ औं एशियन गेममा नेपालको लागि एक मात्र रजत पदक दिलाउन सफल खेल प्याराग्लाईडिङ्गको पहिलो पटक ‘प्रथम नेपाल प्याराग्लाइडिङ एक्यूरेसी वर्ल्ड कप २०१८’ आयोजना गर्न लागिएको हो । स्याङ्गजाको स्वरेक महापुर मैदान र डौवाफाँटमा हुने प्रतियोगिता कार्तिक १५ देखि १८ गते सम्म हुनेछ ।

पुरुष र महिलाको टिम तथा ब्यक्तिगत एक्युरेसी गरि ४ स्वर्णका लागि हुने प्रतियोगितामा नेपाल सहित क्यानडा, फ्रान्स, टर्की, कोरिया, जर्मनी, चिन, नेदरल्याण्ड, यूएई, अमेरिका, सिंगापुर, ईन्डोनेसिया, मलेसिया, मंगोलिया, भारत, पाकिस्तान, ईरान, हङ्गेरी, स्लोभानिया, थाइल्याण्ड, सिङापुर र इजिप्टको प्रतिस्पर्धा रहने नेपाल प्याराग्लाईडिङ्ग तथा ह्याङग्लाईडिङ्ग संघका महासचिव शैलेन्द्र राउतले जानकारी दिए।

प्याराग्लाइडर्सहरुले समुद्र सतह देखि १६०० मिटरबाट जम्प गर्ने छन भने ८ सय मिटरमा ल्याण्ड गर्नेछन । एक्युरेसीमा टार्गेट क्षेत्र ५ मिटरको रेडियसमा हुने छ भने यसको एक्युरेसी स्वचालित मापन यन्त्र २२ सेमीको हुने छ। नेपालले क्रस कन्ट्रिमा आफुलाई उत्कृष्ट स्थानमा राख्दै आएको छ ।

प्रतियोगितामा बिदेशी र स्वदेशी सहित १ सय जना भन्दा बढी खेलाडीको सहभागिता हुने आयोजकको भनाई छ । प्रतियोगितामा सबैभन्दा बढी खेलाडी कोरियाबाट आएका छन । कोरियाका दुइ पुरुष र एक महिला टिमको सहभागिता रहने राउतले बताए ।

टिम प्रतिस्पर्धामा प्रत्येक समूहमा पुरुष तर्फ ५ र महिला तर्फ ३ खेलाडीहरुको समूह हुने छ। प्रतियोगितामा प्रत्येक समूह तथा ब्यक्तिले ६ चरणको प्रतिस्पर्धा गर्नु पर्ने छ । ६ चरणको अंकलाई जोडेर पहिलो, दोश्रो तथा तेश्रोको घोषणा गरिने छ।

प्रतियोगिताकोलागि जिल्ला समन्वय समिती, स्याङ्गजा, जिल्लाका स्थानिय सरकारको सहयोगमा पुरस्कारको प्रदान गरिनेछ। प्रथम, द्वितीय र तृतीय हुनेले क्रमश १५ सय, १२ सय र ७ सय युरो प्राप्त गर्ने छन् भने ब्यक्तिगत तर्फ पहिलो, दोश्रो र तेश्रो हुनेले क्रमशः १ हजार, ७ सय ५० र ५ सय युरो प्राप्त गर्ने छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?