प्रधानमन्त्री ओलीको स्वास्थ्य अपडेट

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भोलि बिहानसम्ममा डिस्चार्ज हुने

प्रधानमन्त्रीको स्वास्थ्यमा क्रमिक सुधार, भोलि बिहानसम्ममा डिस्चार्ज हुने
+
-

काठमाडौँ – त्रिवि शिक्षण अस्पतालमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा क्रमिक रुपमा सुधार आएको उपचारमा संलग्न डाक्टरले बताएका छन् ।

प्रधानमन्त्री ओलीको स्वास्थ्य बिहीबार बिहान थप सुधार देखिएको उपचारमा संलग्न डा. दिव्या सिंह शाहले जानकारी दिइन् । गएको सोमाबारदेखि अस्पतालमा रहेका ओलीलाई शुक्रबार बिहानसम्ममा डिस्चार्ज गर्ने तयारी रहेको छ ।

छातीमा संक्रमण देखिएपछि ओलीलाई सोमबार बिहान महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल भर्ना गरिएको थियो । प्रधानमन्त्रीको स्वास्थ्यमा सुधार भइरहेको र सबै परीक्षणका रिपोर्टहरु नर्मल आएको डाक्टरको भनाई छ ।

बिहीबार बेलुका सबै परीक्षणका रिपोर्टहरु हेरिने र त्यसमा पनि नर्मल आए ओलीलाई डिस्चार्ज गरिने डाक्टरले बताएका छन् । सकेसम्म बिहीबार बेलुका र त्यो भन्दा पर धकेलिए शुक्रबार बिहानसम्ममा ओलीलाई डिस्चार्ज गर्ने तयारी छ ।

डिस्चार्ज गरे पनि एक हप्तासम्म कडा निगरानीमा गरिने र त्यो बेला भेटघाट नगर्न वा गर्नै परे पनि निकै सीमित गर्न भनिने छ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?