‘मालिका’ महिला सशक्तीकरणको वैचारिक हतियारः मुख्यमन्त्री शाही

‘मालिका’ महिला सशक्तीकरणको वैचारिक हतियारः मुख्यमन्त्री शाही
+
-

सुर्खेत–कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले फिल्म ‘मालिका’ महिला सशक्तीकरणको बैचारिक हतियार भएको बताएका छन्।

बिहीबार सुर्खेतको वीरेन्द्रनगरस्थित लक्ष्मी चलचित्र मन्दिरमा फिल्म हेरेपछि प्रतिक्रिया दिँदै मुख्यमन्त्री शाहीले भने, ‘बाल विवाह अन्त्य र महिला शशक्तिकरणको विषयमा आधारित छ।हिजोको पुरुष प्रधान समाजले महिलाप्रति हेर्ने दृष्ट्रिकोणले समाज रुपान्तरणका लागि निकै चुनौती बन्यो।’

उनले मानसिक रुपमा कमजोर मनस्थितिले बाँचेका नारीहरुका लागि अझै शसक्त बनाउने हतियार भएको बताए। मुख्यमन्त्रीले भने,‘क्षमता अथाह छ तर, मानसिक हिसावले उनीहरु कमजोर छन् । फिल्मले कुना–कन्धरामा रहेका, कमजोर छौं भनेर पछि परेका नारीहरु शसक्त छन् भन्ने सन्देश दिएको छ।’

उनले मानसिक रुपमा कमजोर भएका जाति वर्ग समुदायलाई सशक्तिकरणका लागि दशवर्षे जनयुद्धमा सम्झेका थिए। ‘जनयुद्धमा हाम्रो अभियान मानसिक रुपमा दबीएका र पछाडि परेका समुदाय, वर्ग लिंग केन्द्रित थियो’ उनले भने,‘फिल्म असाध्यै राम्रो र हेर्न लायक छ।’

मालिका अन्य फिल्म भन्दा पृथक रहेको आन्तरिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीले बताए । ‘यो फिल्मले नारी पनि पुरुष समान सक्षम र अव्वल छन् भन्ने सन्देश दिएको छ’ उनले भने,‘कर्णाालीको कथालाई फिल्मले चित्रण गरेको छ । नारीहरुलाई शसक्त बनाउन र सबै हिंसा न्यूनिकरणका लागि विशेषअभियान सञ्चालन गर्छौ।’

रेखा थापाको आफ्नै निर्माण तथा अभिनय रहेको मालिकामा जाजरकोटकी नन–एक्टर कमला ओलीले मुख्य भूमिका निर्वाह गरेकी छन् । फिल्मको छायाँकन जाजरकोटसहित काठमाण्डौं, बनेपा, बाँके लगायत क्षेत्रमा गरिएको छ। नरबहादुर कार्की कार्यकारी निर्माता रहेको मालिकाको कथा पनि कार्कीकै हो।

शिवम अधिकारी फिल्मका स्क्रिप्ट राइटर हुन्। यस्तै फिल्ममा रामशरण उप्रेतीको छायाँकन र सुरेश अधिकारीको संगीत छ। कोरियोग्राफी रामजी लामिछानेले गरेका छन्। द्वन्द्व निर्देशन श्री श्रेष्ठको छ। फिल्म देशभरका चलचित्र मन्दिरहरुमा प्रदर्शन थालिएको छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’