पोखरामा बन्दैछन् स्मार्ट शौचालय

पोखरामा बन्दैछन् स्मार्ट शौचालय
+
-

पोखरा –  गण्डकी प्रदेश सरकारले प्रदेशका सबै नगरपालिकामा शौचालय बनाउने निर्णय गरेको छ । शौचालय निर्माणका लागि बिहिबारका मन्त्रीपरिषद् बैठकले कार्यविधि पारित गरेको छ ।

भौतिक पूर्वाधार विकास मन्त्रालयले हरेक नगरपालिकामा शौचालय बनाउन १० लाख रुपैयाँ छुट्याएको छ । ६० प्रतिशत प्रदेश सरकारले र बाँकी ४० प्रतिशत रकम सम्बन्धित नगरपालिकाले ब्यहोर्ने सरकारका प्रवक्ता रामशरण बस्नेतले जानकारी दिए ।

प्रदेशका ११ जिल्लामध्ये मनाङ र मुस्ताङबाहेकका ९ जिल्लामा २६ वटा नगरपालिका छन् । सबै नगरपालिकामा सार्वजनिक शौचालय र पोखरा महानगरमा स्मार्ट शौचालय निर्माणको प्रक्रिया सुरु भएको छ ।

नगरपालिका र मन्त्रालयको गरि एउटा शौचालयमा १६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँ खर्च हुनेछ । यसमा ६ लाख ६६ हजार रुपैयाँ नगरपालिकाको भागमा पर्छ । प्रति शौचालयमा मन्त्रालयले १० लाख छुट्याएको छ । यो दरले मन्त्रालयले २६ नगरपालिकामा शौचालय बनाउन २ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ ।

नगरपालिकाले भने ४० प्रतिशतको दरले ६ लाख ६६ हजार ६ सय ६६ रुपैयाँको दरले १ करोड ७३ लाख ३३ हजार रुपैयाँ खर्च गर्नेछन् । मन्त्रालय र नगरपालिकाको गरि कुल २६ वटा शौचालयमा ३ करोड ३३ लाख रुपैयाँ बजेट खर्च हुनेछ ।

मन्त्रालयले पोखरा महानगरपालिकासँग ६०÷४० को लगानीमा स्मार्ट शौचालय बनाउनेछ । स्मार्ट शौचालयमा मन्त्रालयको ६० प्रतिशतका दरले ५० लाख र महानगरको ४० प्रतिशत रकम ३३ लाख ३३ हजार ३ सय ३३ रुपैयाँ सहित कुल ८३ लाख ३३ हजार रुपैयाँको लगानी हुने जनाइएको छ ।

सरकारका प्रबक्ता रामशरण बस्नेतका अनुसार शौचालयको डिजाईन, जग्गा र कार्यान्वयनको काम महानगरले गर्नेछ भने अनुगमन चाहीँ प्रदेश सरकारले गर्नेछ ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?