भवन तथा पूर्वाधार निर्माण मापदण्डबारे बहस

सय वर्ष थेग्ने पूर्वाधार निर्माण गर्न सांसदहरुको सुझाव

सय वर्ष थेग्ने पूर्वाधार निर्माण गर्न सांसदहरुको सुझाव
+
-

पोखरा – व्यवस्थित पोखराका लागि अबको सय वर्ष थेग्ने भवन तथा पूर्वाधार निर्माण मापदण्ड बनाउन महानगरपालिकालाई सांसदहरुले सुझाव दिएका छन्।

विज्ञ समूह गठन गरी पोखरा महानगरपालिकाले तयार गरेको भवन तथा पूर्वाधार निर्माणसम्बन्धी मापदण्ड २०७५ बारे सुझाव लिन आयोजित छलफलमा सांसदहरुले पोखराको सुन्दरतालाई केन्द्रबिन्दुमा राखेर नबिग्रने गरी मापदण्ड बनाउनुपर्ने सुझाव दिएका हुन्।

सांसदहरुले दीर्घकालीन सोच राखेर पोखराको सौन्दर्यलाई कायम गर्दै महानगरले काम गर्नुपर्ने उनीहरुको सुझाव थियो।

सांसद कृष्णबहादुर थापाले भवन र पूर्वाधार निर्माणको मापदण्ड बनाउँदा सम्झौता नगरी पोखराको भविष्यलाई हेरेर बनाउनुपर्ने बताए।

थापाले पुरानो पोखराका नगरबासी ३१ सालपछि पोखरामा थपिएका वडाबासी, साविक लेखनाथवासी र गाउँबाट सिधैँ महानगरबासी भएका गरी चार किसिमका बासिन्दा भएकाले त्यसलाई ध्यानदिए महानगरले काम गर्नुपर्ने बताए।

कार्यक्रममा बोल्दै राष्ट्रियसभा सदस्य बृन्दा राना मगरले पोखराको भौगोलिक अवस्थालाई हेरेर भौतिक संरचना निर्माण गर्नुपर्ने बताइन्।

सार्वजनिक जग्गाको संरक्षण गर्दै दीर्घकालीन विकासलाई ध्यान दिएर भवन तथा पूर्वाधार निर्मणको मापदण्ड बनाउनुपर्ने उनको भनाई थियो।

सांसद प्रभा कोइरालाले कम्तिमा अबको एक सय वर्षलाई थेग्ने गरी मापदण्ड बनाउन सुझाव दिइन्। सडकको मापदण्ड बनाउँदा विशेष ध्यान दिनु पर्ने उनको सुझाव थियो।

पार्किङको समस्यालाई समाधान गर्न घर बनाउँदा अन्डरग्राउन्ड पार्किङलाई अनिवार्य गर्नुपर्ने उनको सुझाव थियो।

सांसद राजीव पहारीले सहरीकरणलाई व्यवस्थित गर्नेगरी मापदण्ड बनाउनुपर्ने बताए। उनले प्राकृतिक स्रोत साधनको जथाभावी दोहन भएको भन्दै त्यसलाई रोक्नुपर्ने बताए।

सांसद मित्रकुमारी गुरुङ सुवेदीले निजी घरको मापदण्डलाई वैज्ञानिक बनाउनु पर्नेमा जोड दिइन्। सांसद पुष्पा केसी भण्डारीले ताल तथा जलाधार क्षेत्रमा बाटो बन्दा त्यसले समस्या ल्याएको भन्दै समयमै ध्यान दिन आग्रह गरिन्। सांसद रामजी बराल जीवनले वैज्ञानिक मापदण्ड कार्यान्वयनमा लैजान सुझाव दिए।

छलफलमा अधिकांश सांसदहरुले कार्यान्वयन गर्न सकिने र दूरगामी महत्व राख्ने मापदण्ड बनाउन सुझाव दिएका थिए।

पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले विज्ञ समूहले तयार पारेको मापदण्डका बारेमा सरोकारवाला निकायसँग राय सुझाव लिएर नै त्यसलाई कार्यान्वयन तहमा लैजानका लागि सांसदसँग छलफल गरिएको बताए।

‘पोखरा सबैको साझा हो,’ प्रमुख जिसीले भने, ‘सबैको राय सुझावलाई समेटेर भवन तथा पूर्वाधार निर्माण मापदण्डलाई महानगरले कार्यान्वयनमा लैजान्छ।’

जिसीले कात्तिक महिना भरी मापदण्डमा वृहत छलफल गरेर मंसिरको कार्यपालिका बैठकबाट पारित गराइ कार्यान्वयनमा लैजान तयारी महानगरले गरेको उनले जानकारी दिए।

प्राध्यापक डाक्टर भरतराज पहारीको संयोजकत्वमा गठन गरेको मापदण्ड निर्धारण सुझाव समितिले भवन तथा पूर्वाधार निर्माण सम्बन्धी मापदण्ड २०७५ तयार पारेको हो।

पोखराको भौगोलिक अवस्थालाई ध्यानमा राखेर, विगतका मापदण्ड सम्बन्धीका प्रतिवेदनलाई समेत अध्ययन गरी वैज्ञानिक ढंगबाट नै मापदण्ड तयार पारिएको मापदण्ड निर्धारण सुझाव समितिका सदस्य सचिव तथा महानगरका योजना महाशाखा प्रमुख शारदामोहन काफ्लेले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?