तासको खालमा प्रहरी अप्रेसनः १० भारतीयसहित ११ जना पक्राउ

तासको खालमा प्रहरी अप्रेसनः १० भारतीयसहित ११ जना पक्राउ
+
-

पोखरा – तिहार नजिकिँदै गर्दा जुवातास खेल्नेहरुमाथि कास्की प्रहरीले निगरानी बढाएको छ। शुक्रबार पोखराको नयाँबजारमा तास खेल्दै गर्दा ११ जनालाई कास्की प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा १० भारतीय र १ नेपाली रहेका छन्। उनीहरुलाई विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामका प्रहरी निरीक्षक प्रशान्त श्रेष्ठको नेतृत्वमा खटिएको प्रहरी टोलीले दुई बुक ताससहित उनीहरुलाई नगद ५ लाख ९७ हजार ३ सय ६० सहित पक्राउ गरेको हो।

पक्राउ पर्नेमा बारा गढीमाई उपमहानगरपालिका घर भई हाल पोखरा–९ बस्ने ३० का सुनिल प्रसाद, भारत मोतिहारी घर भई पोखरा–९ नयाँ बजार बस्ने राजुप्रसाद जैसवाल, सोही ठाउँका अमरेन्द्र कुमार, लवकुश कुमार, रम्भु प्रसाद, धर्मेन्द्र प्रसाद, पप्पु जैसवाल, रामाप्रसाद जैसवाल, अबधकिशोर प्रसाद, ध्रुवकुमार र भारत शिवर जिल्ला घर भई हाल पोखरा–९ बस्ने शिवनाथ पण्डित रहेको कास्की प्रहरी प्रवक्ता रविन्द्रमान गुरुङले जानकारी दिए।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?