छ वर्षमा ३३ साइकलयात्रीलाई निल्यो काठमाडौँको सडकले

साइकलयात्रीका लागि कालजस्ता काठमाडौँका सडकहरु

साइकलयात्रीका लागि कालजस्ता काठमाडौँका सडकहरु
+
-

काठमाडौँ- विश्वका ठूला शहरमा ‘स्वस्थ शरीर र स्वस्थ जीवन’का लागि राज्यले नै साइकल चलाउन प्रोत्साहित गर्दछ। साइक्लिङको प्रवर्द्धन गर्दा शारिरिक तन्दुरुस्ती मात्र हुँदैन,  शहरमा प्रदूषण र ट्राफिक जाम नियन्त्रण गर्न समेत सहयोग पुग्छ। यसका लागि ती शहरहरुमा साइक्लिङका लागि सडकमा छुट्टै लेनको ब्यवस्था गरिएको हुन्छ। अनि साइकलमा ‘सरर.. ‘ हुनु सभ्यताको विषय हुन्छ। ‘तर हाम्रोमा साइकललाई गरिबको साधन मानिन्छ। अनि यो गरिबको साधनलाई जहाँ पनि पेलिएको हुन्छ’, नेपालका पूर्व राष्ट्रिय साइक्लिङ च्याम्पियन अजय पन्डित क्षेत्री गुनासो गर्छन्।

नेपालका शहरहरुको कथा छुट्टै छ। राजधानी काठमाडौँमा हरेक वर्ष औसत ६ जना साइकल यात्रीले ज्यान गुमाउने गरेका छन्। ६ वर्षअघि राजधानीकै बल्खुमा चर्चित वातावरणविद् प्रल्हाद योन्जनको साइक्लिङ गरिरहेको समयमा ट्रकको ठक्करबाट ज्यान गएको थियो। साइक्लिङको प्रवद्धन गरिरहेको एउटा वातावरणविद्को साइक्लिङ गरिरहँदा भएको यस दुर्घटनालाई सामान्यरुपमा लिइयो।

केही दिनअघि बल्खुबाट दक्षिणकालीतर्फ जाने सडकमा महिनौंदेखि रहेको खाल्डोमा  डुबेर एक जनाको साइक्लिङ गरिरहेका व्यक्तीको ज्यान गयो। त्रिभुवन विश्व विद्यालयको गेटभन्दा करिव ३० मिटर अगाडि रहेको खाल्डोमा परेर ३८ वर्षीय श्याम श्रेष्ठको ज्यान गएको थियो।  सडकको बीचमै रहेको खाल्डो महिनौंदेखि त्यतिकै छाडिएको थियो।

राज्यले साइकल र पैदल यात्रीका लागि व्यवस्थित सडकको निर्माण नगरि दिँदा हरेक वर्ष काठमाडौँ उपत्यकामा मात्र दर्जनौँको मृत्यु हुने गरेको छ। महानगरीय ट्राफिक प्रहरी कार्यालयका अनुसार आर्थिक वर्ष ०६९/७० यतामात्र काठमाडौँ उपत्यकामा ३३ साइकल यात्रीको दुर्घटनामा परि ज्यान गएको छ।

यसैगरी यसबीचमा तीन सय ९० पैदल यात्रीले यस क्षेत्रमा दुर्घटनामा ज्यान गुमाएका छन्। नेपाल साइक्लिङ संघका पुर्व अध्यक्ष छिम्मी उर्केन गुरुङ साइक्लिङ प्रवर्द्धनमा राज्य उदासिन रहेको बताउँछन्। अहिले नेपालमा करिब एक लाखको स‌ंख्यामा फन राइडर र करिब एक सयको स‌ंख्यामा रेसर छन्। यसबाहेक कामकाजकै लागि साइकल चलाउनेको संख्या पनि उत्तिकै छ। ‘साइकलको प्रमोसन सडकबाटै गरिनुपर्छ। त्यसका लागि सडकमा साइकल कुदाउन सकिने सहज अवस्था सृजना गरिनुपर्छ’, छिम्मी भन्छन्। कतिपय संस्था तथा कम्पनीले हप्ताको एक दिन आफ्ना कर्मचारीलाई साइकलमा अफिस आउन प्रोत्साहन गरेको यदाकदा देखिन्छ। तरपनि यसले नियमितता पाउन सकेको छैन।

गत वर्षमात्र काठमाडौँ उपत्यकामा साइकल दुर्घटनाका एक सय ३ वटा निवेदन प्रहरीमा दर्ता भएका थिए। हाल बनिरहेको ६ लेनको कोटेश्वर-कलंकी सडकमा समेत साइकलका लागि छुट्टै लेनको व्यवस्था गरिएको छैन। पैदल यात्रीका लागि समेत बाटो सहज नभएको गुनासो सुनिने गरेको छ । ‘ साना बाटाहरुमा पनि कुदाउन सकिने हुँदा यात्रीलाई पनि आफ्नो गन्तब्यमा पुग्न सहज हुन सक्छ। यसका लागि मुल सडकमा निस्कन र कुदाउन गाह्रो नहोस्’, खेलाडी पन्डित भन्छन्,’ तर बनिरहेका ठुला सडकमा समेत साइकललाई वेवस्था गरेको देखिन्छ।’

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?