पाेखरामा ग्यारेजबाट हराएको ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु

पाेखरामा ग्यारेजबाट हराएको ट्याक्सी दुर्घटना, एकजनाको मृत्यु
+
-

पोखरा – पोखराको पुम्दीभुम्दीमा ट्याक्सी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । ग्यारेजमा धुन दिएको ट्याक्सी आज विहान साढे ६ बजे लिन जाँदा ट्याक्सी नभेटिए पछि ट्याक्सी धनीले प्रहरीलाई खबर गरेका थिए ।

ग्यारेजका मालिक समेत बेखबर रहेको सो घटनाको बारेमा ट्याक्सी दुर्घटना पछि मात्रै हराएको ट्याक्सी दुर्घटना भएको सत्य बाहिर आएको हो ।
आइतबार ट्याक्सी धुन भनेर ट्याक्सी चालक राजु थापाले ग्यारेजमा ट्याक्सी छोडेका थिए । सोमबार बिहान जाँदा ट्याक्सी ग्यारेजमा थिएन । अनुसन्धानको क्रममा सोमबार राति दुर्घटना भएको ट्याक्सी सोही ट्याक्सी भएको प्रहरीको अनुसन्धानमा खुल्न आएको छ ।

दुर्घटनामा अन्दाजी २४ वर्षका सुमन पौडेल (सुवास)को मृत्यु भएको प्रहरीले जनाएको छ । ग १ ज ५४३ नम्बरको ट्याक्सी पोखरा २२ पुम्दीभुम्दी स्थित फलेंटेको मोडमा दुर्घटना भएको हो । ट्याक्सी सडकबाट ५ सय मिटर तल खसेको थियो ।

मृतक पौडेलको घर कास्कीको कृस्तिमा रहेको बुझिन आएको छ । उनले ग्यारेजमा धुन राखेको ट्याक्सी किन राति लगियो भन्नेबारेमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

वडा प्रहरी कार्यालय बैदामका प्रमुख नविन कार्कीले त्यस बारेमा ट्याक्सी धनी जिरो किलोमिटरका प्रेम बहादुर गुरुङलाई बोलाएर थप अनुसन्धान गरिरहेको बताए ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?