घरमै पुगेर स्थानीय सरकारले दियो ‘गरीव परिचय–पत्र’

घरमै पुगेर स्थानीय सरकारले दियो ‘गरीव परिचय–पत्र’
+
-

सुर्खेत – सुर्खेतको सिम्ता गाउँपालिकाले विपन्न र गरीव परिवारलाई परिचयपत्र दिएको छ। नागरिकको घरदैलोमै पुगिर तथ्यांक संकलन गरेको गाउँपालिकाले मंगलबार परिचय पत्र प्रदान गरेको हो।

९ वटै वडाबाट संकलन गरेको विपन्नता स्तरीकरणको नतिजाअनुसार प्रमाणपत्र बाँडिएको अध्यक्ष कविन्द्रकुमार केसीले बताए। गाउँपालिकाको गरिवीलाई क, ख, ग र घ गरी चार वर्ग विभाजन गरी प्रमाणपत्र वितरण गरिएको उनले बताए।

गाउँपालिकाको गरिवीका आधारमा बजेट विनियोजन गरिने छ। ‘वडास्तरको गरिविका आधारमा हामीले बजेट तथा योजना निर्माण गर्छौं,’ उनले भने, ‘हचुवाका भरमा योजना र बजेट विनियोजन गर्नुले विकास भएन। तसर्थ, गाउँपालिकाले गरिवी घटाउने लक्ष्य अनुसार विपन्न परिवारको पहिचान गरेको छ।’

गाउँपालिकाको गरिवीलाई आधार बनाएर १० वर्षे गुरुयोजना निर्माण गरिएको छ। सोही गुरुयोजना सफल पार्न गाउँपालिकाले र साझेदार संस्थाले वार्षिक बजेट तथा कार्यक्रमहरु लागू गर्ने भएको हो।

गाउँपालिकाको वर्तमान अवस्थाको विश्लेषणसहित तथ्यांक सार्वजनिक गरिएको छ। गाउँपालिकाले गरेको सर्वेक्षणअनुसार सबैभन्दा बाहुन क्षेत्री गरीव छन्।

गाउँपालिकामा २७ प्रतिशत जनजाति, २९ प्रतिशत दलित र ३१ प्रतिशत बाहुन, क्षेत्री गरीव र विपन्न रहेको तथ्यांक गाउँपालिकाले सार्वजनिक गरेको छ।

सिम्ताको गरिवी हट्ने र समृद्धिका लागि प्रदेश सरकारले विशेष क्षेत्रका रुपमा आगामी आर्थिक वर्षमा बजेट छुट्याउने कर्णाली प्रदेश सरकारका आर्थिक मामिला मन्त्री प्रकाश ज्वालाले बताए।

उनले गरिव र विपन्नमुखी कार्यक्रम ल्याउनुपर्ने बताए। सरकारले चालु आर्थिक वर्षको बजेटमा गरीव लक्षित नै ल्याएको उनले दावी छ।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’