उप्रेतीले गरे दुई दिनमा चारलाखको सयपत्रीको व्यापार

उप्रेतीले गरे दुई दिनमा चारलाखको सयपत्रीको व्यापार
+
-

धुलाबारी – कागती र मेवा खेतीमा ख्याती कमाएका मेचीनगर नगरपालिका ९ मागुरमाडीका डिल्लीराज उप्रेतीले दुई दिनमा चारलाखको सयपत्रीको माला तथा फूल बिक्री गरेका छन्।

कागती उत्पादनबाट बर्सेनि लाखौँ रुपैयाँ आम्दानी गर्ने उनले तिहारमा चाहिने सयपत्री फूल उत्पादन गरेर सबैलाई चकित बनाइदिएका छन्।

डिल्लीराज उप्रेती ।

सयपत्री फूल उत्पादनका लागि उनले छुट्टै जमिन प्रयोग गरेनन्। मेवा तथा कागती खेती गरेको जमिनको खाली स्थान उनले सयपत्री उत्पादनका लागि उपयुक्त माने। उप्रेतीले भने, ‘यो मेरो नौलौ अभ्यास हो। तर यो अभ्यासमा म सफल भएँ।’

उनले उत्पादन गरेको सयपत्रीको माला प्रति माला ५० रुपैयाँमा बिक्री भइरहेको छ। माला उन्नका लागि ५० जना महिला खटिएका छन्। माला उन्नका लागि उनले प्रति गोटा पाँच रुपैयाँ दिएका छन्।

उनले भने, ‘सबै खर्च कटाएर करिब अढाई लाख रुपैयाँ जति नाफा गर्दैछौं।’ उनको घरमा फूल खरिद गर्न आउने मान्छेको ताँती लागेको छ।

नौ वर्षसम्म उनले विदेशमा श्रम गरे अनि पसिना बगाए। त्यसपछि नेपाल फर्किएका उप्रेती आफ्नो डेढ बिगाह जमिनमध्ये एक बिगाहमा लगाएको कागती, फलफूल तथा विभिन्न प्रजातिका रुखका बिरुवा बेचेरै करोडपति बनेका छन्।

यस वर्षदेखि उनले फूल खेती पनि गरेका हुन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?