‘अझै केही समय बालुवाटारबाटै सत्ता चलाउनु’

प्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा थप होस पुर्‍याउन चिकित्सकको सुझाव

प्रधानमन्त्री ओलीलाई स्वास्थ्यमा थप होस पुर्‍याउन चिकित्सकको सुझाव
+
-

काठमाडौँ— प्रधामन्त्री केपी शर्मा ओलीले छातीको संक्रमण निको पार्न खाइरहेको औषधि सकिएपनि उनलाई अझै केही दिन बालुवाटार बाहिर ननिस्कन चिकित्सकहरुले सुझाव दिएका छन्।

त्योसँगै बालुवाटार बाहिर आयोजना हुने सरकारी र निजी कार्यक्रमहरुमा उनको उपस्थिति रहने छैन। ८ दिनअघि अर्थात कात्तिक १६ गते महाराजगञ्जस्थित मनमोहन कार्डियो भास्कुलर थेरासिक एण्ड ट्रान्सप्लान्ट सेन्टरबाट चार दिनमा ‘डिस्चार्ज’ भएका प्रधानमन्त्री ओलीले तिहारको अवसरमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले शितल निवासमा आयोजना गरेको कार्यक्रममा पहिलोपटक केहीबेर उपस्थित भएका छन्।

उनको उपस्थितिमा राष्ट्रपति भण्डारीले मुलुकको समृद्धिका लागि शीर्ष नेताहरु एक जुट हुन आव्हान गरेकी थिइन् । र, राष्ट्रपति भण्डारीले दिएको दिवा भोज अघि उनी शितल निवासबाट बाहिरिएका थिए।

लक्ष्मीप्रसाद देवकोटाको जन्मजयन्तीका अवसरमा उनको सरकारी निवास बालुवाटारमा आयोजित कार्यक्रममा भाग लिएका थिए। कार्यक्रममा प्रधानमन्त्री ओलीलाई नबोल्न चिकित्सकले सुझाएपनि उनले भने रहर गर्दै २० मिनेट बोलेका थिए।

त्यसअघिका तीन महत्वपूर्ण कार्यक्रम, सिस्नुपानी नेपालको देउसी, उपराष्ट्रपतिको शुभकामना आदानप्रदान र मावनअधिकारवादी नेता पद्मरत्न तुलाधरको श्रद्धाञ्जली कार्यक्रममा उनी सामोल भएनन्।

संक्रमण निको भएपनि उनी कमजोरीबाट मुक्त हुन नसकेको र बदलिँदो मौसम उनका लागि अनकुल नहुने भन्दै उनलाई अझै केही दिन बाहिर नजान चिकित्सकले सुझाएका हुन्।

भिडभाडले पनि स्वास्थ्यमा प्रतिकुल असर पार्ने भएकाले प्रधानमन्त्री ओलीलाई सार्वजनिक कार्यक्रममा भाग नलिन सुझाव दिइएको हो।

यस्तै प्रधानमन्त्री ओलीलाई चिल्लो, पिरो, चिसो खाना खान चिकित्सकले प्रतिबन्ध लगाएका छन्।  प्रधामन्त्री ओली ‘ट्रान्सप्लान्ट सेन्टर’मा भर्ना हुँदा उपचारको नेतृत्वमा रहेका र अहिले पनि निगरानी गरिरहेका मुटुरोग विशेषज्ञ डा.अरुण सायमीले केही समय सबै काम बालुवाटारबाटै गर्न उनलाई सुझाव दिएको बताए।

‘उहाँको एन्टिवायोटिक सकिएको छ। तर उहाँ तंग्रिन बाँकी छ र फेरी पनि संक्रमणको जोखिम नहोस् भनेर हामीले उहाँलाई बाहिर नजानुहोस भनेका छौँ’, डा. सायमीले भने, ‘पार्टी र मन्त्रीपरिषद्का बैठकहरु बालुवाटारमै गर्नु पर्ने र सार्वजनिक कार्यक्रममा केही समय नजाँदा राम्रो हुने सुझाव दिएका छौँ।’

प्रधानमन्त्री ओलीलाई आफ्नो पार्टी नेपाल कम्युनिष्ट पार्टी (नेकपा) समकक्षी पुष्पकमल दाहाल प्रचण्ड पुगेका बेला डा. सायमीले ओलीलाई स्वास्थ्य बचाउन केही महत्वपूर्ण सरकारी कार्यक्रम बाहेक अन्यमा भाग नलिन गर्न सुझाव दिएका थिए।

डा. सायमीका अनुसार प्रधानमन्त्री ओली आफ्नो स्वास्थ्यमा पहिले भन्दा धेरै नै गम्भीर बनेका छन् । र, चिकित्सकको सुझाव अनुसार आफ्नो दैनिकी अघि बढाएका छन्। त्योसँगै पार्टीगत कामका लागि बढ्ता प्रचण्डलाई सहभागि गराउन थालेको छन्।

‘अहिले मलाई अलि धेरै आरामको जरुरी पर्‍याे । भिडभाडमा त जाँदै नजाउ भन्नु हुन्छ डक्टरहरु। तर सरकारी या पार्टीको काम रोकिनु हुन्न । पार्टीको काममा तपाईले अलि समय दिनु पर्छ’,प्रधानमन्त्री ओलीले प्रचण्डलाई आग्रह गरेको उनी निकट स्रोतले समेत पुष्टी गर्‍याे ।

प्रधानमन्त्री ओलीका निजी चिकित्सक मिर्गौला रोग विशेषज्ञ डा. दिव्या सिंहले उनको स्वास्थ्यमा सुधार आएपनि आरामको जरुरत भएको बताइन्।

१२ वर्ष अघि भारतको अपोलो अस्पतालमा पुगेर दुवै मिर्गौला प्रत्यारोपण गरेका प्रधानमन्त्री ओलीले त्यसको औषधि समेत खाइरहेका छन्।

‘फलोअप’का लागि विदेश जाने उनी तयारीमा रहेको भनिए पनि डा. सिंहले उनलाई अहिले विदेश जान नपर्ने र उनले पछिल्लो समय आफूले सिफारिस गरेको औषधि खाइरहेको बताइन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?