फिल्म समीक्षाः

अमिताभ र आमिरको स्टारडममा टिकेको ‘ठग्स अफ हिन्दुस्तान’

अमिताभ र आमिरको स्टारडममा टिकेको ‘ठग्स अफ हिन्दुस्तान’
+
-

फिल्मले सन् १७९५ को कहानी भन्छ। त्यत्तिबेला ब्यापार गर्न भन्दै भारत पसेका बेलायतीहरुले भारतका धेरै भागमा कब्जा गरेका थिए र अरु बाँकी रहेका राज्यमा पनि उनीहरुको नजर हुन्छ।

फिल्म :                         ठग्स अफ हिन्दुस्तान
लेखक/निर्देशक:          विजय कृष्ण आचार्य
कलाकार :                   अमिताभ बच्चन, आमिर खान, कैटरिना कैफ, फातिमा सना शेख, लायड ओवन

समुन्द्रको छेउमा रहेको भारतको एउटा सानो राज्य रौनकपुर स्वतन्त्र छ। त्यहाँका राजा मिर्जा सिकन्दर (रोनित रोय) को सानो परिवार छ, राज्य पनि सुखी अनि खुसी छ। राज्यमा अंग्रेज कमाण्डर जोन क्लाइब (लायड ओवेन) को आँखा पर्छ र धोका दिएर कब्जा गर्छन्। अंग्रेज सेनाले राजा मिर्जा सिकन्दरको परिवारलाई मारिदिन्छन्। तर उनको छोरी जफिरा (फतिमा सना शेख) लाई राज्यका योद्धा खुदाबक्स आजाद (अमिताभ बच्चन) ले बचाएर लिएर जान्छन्। रौनकपुरकोे रौनक हराउँछ। एक दशकसम्म लुकेर आफ्नो राज्य पाउन गरिएको संघर्षको कहानी फिल्मले भनेको छ।

आजादसेनाको आक्रमणबाट हैरान भएका अंग्रेज सेनाका कमाण्डरले उनलाई पक्रन फिरंगी मुल्लाह (आमिर खान) को सहायता लिन्छन्। कानपुर जिल्लाको अवधका फिरंगी ठग हुन्छन् उनी अंग्रेजका लागी सानातिना लुटेरा ठगहरुलाई पक्रन मद्धत गर्छन्। उनी पैसाका लागि जे पनि गर्न तयार हुन्छन्, आफ्नै साथीलाई पनि धोका दिन सक्छन्। अंग्रेज कमाण्डरको पैसाको प्रलोभनमा परेर आजाद सेनामा घुस्न सफल फिरंगीले के गर्छ, यसको उत्तरका लागि तपाईँ फिल्म हलसम्म पुग्नु पर्नेछ।

बलिउडमा बीगबी भनेर चिनिने अमिताभ बच्चन र मिस्टर परफेक्सनिस्ट भनेर चिनिने अमिर खान जोडीको यो पहिलो फिल्म हो। फिल्म सुटिङताका नै यो जोडी र यिनीहरुको लुक्सको चर्चा भएको थियो जुन चर्चा र प्रसंसा गर्न लायक नै छ।

पात्र
फिरंगी मल्लाह(एक ठग) बनेका अमिर खानले फिल्ममा एक डायलग भन्छन्, ‘म मृत्युसँग यति डराउँछु कि मृत्युलाई पनि ठगेर बाँच्न सक्छु।’ यसमा उनी खरो उत्रिएका छन्। फिल्ममा उनको नाम अनुसारको काम देख्न सकिन्छ। उनले कतिबेला कसलाई ठग्छन् वा धोका दिन्छन्, पत्तो नै हुँदैन। फिल्ममा आउने हरेक टर्निङ प्वाइन्टमा उनको भूमिका हुन्छ। फिल्म उनको वरिपरि घुमेको छ भन्न सकिन्छ।

अमिताभ बच्चन (खुदाबक्स) को लुक्स गजब्बको छ, उनको इन्ट्री पनि। भारी आवाजमा उनका डायलग हलमा गजब सुनिन्छन्। तर, उनी को हुन्, फिल्ममा राम्रोसँग बुझाइएको छैन। फतिमा सना शेख (जफिरा) को भूमिका राम्रो छ। तिरबाजको भूमिकामा देखिएकी उनले भूमिकालाई न्याय दिएकी छन्। कैटरिना कैफ (सुरैया) को भूमिका खास छैन। उनलाई फिल्ममा नाच्नको लागि मात्र राखिएको छ। अंग्रेज सेनाका कमाण्डर बनेका बेलायती एक्टर लायड ओवन (जोन क्लाइभ) ले आफ्नो भूमिका राम्रोसँग निर्वाह गरेका छन्।

सबलपक्ष

निर्देशक विजयकृष्ण आचार्यले फिल्मका केहि दृष्य राम्रो बनाउन सक्दो प्रयास गरेका छन्। फिल्ममा केही डायलग छन् जुन हलमा राम्रो सुनिन्छ। अमिर खान र अमिताभ बच्चनबीचको सम्बाद राम्रा छन्। फिल्मको लोकेसन राम्रो छ। फिल्मका धेरै दृश्य राजस्थानको जोधपुरमा खिचिएको छ भने जहाजको लडाइँ माल्टामा खिचिएको छ।

मानुष नन्दनको राम्रो सिनेमाटोग्राफी देख्न सकिन्छ। भिएफएक्स पनि राम्रो छ। फिल्ममा कलरको राम्रो प्रयोग गरिएको छ। जहाजमा भएको लडाइँमा अमिताभ बच्चन र फतिमाको राम्रो एक्सन देख्न सकिन्छ।

कमजोरपक्ष

फिल्म २ घण्टा ४४ मिनेटको छ जुन अहिलेको समयमा लामो हो। यसलाई छोटो बनाएको भए राम्रो हुने थियो। फिल्मको निर्देशकीय पक्ष फितलो छ। फिल्मको बिषय राम्रो छ तर प्रस्तुति राम्रो छैन। लेखन राम्रो नभएका कारण अमिताभ र अमिरको अभिनय धरै हदसम्म हराएको छ। फिल्मका निर्देशक विजय कृष्ण आचार्यले यसअघि २०१३ मा अमिर खानसँग धुम–३ बनाएका थिए जसमा अमिर खानको अभिनय राम्रो मानिएको थियो। तर यो फिल्ममा अमिरको अभिनयबाट जति लिनसक्नु पर्थ्यो, त्यत्ति लिन सकेका छैनन् फिल्मका डाइरेक्टरले। पछिल्ला फिल्म दंगल तथा धुम–३ मा जस्तो उनको अभिनय यसमा देखिएको छैन।

अमिताभ बच्चन ‘को हुन् ?’ पूर्ण रुपमा खुलाइएको छैन। फिल्ममा उनलाई खुदाबक्स जाहाजवाला भनिएको सुनिन्छ तर योद्धाको रुपमा देखाइएको छ। फिल्ममा अजय अतुलको संगीत छ जुन उत्कृष्ट मान्नसक्ने खालको छैन। कोरियोग्राफी पनि उत्कृष्ट छैन। फिल्म केही सस्पेन्स बनाउन खोजिएको छ तर त्यसले दर्शकको मन जित्न सक्दैन। क्लाइमेक्स अझै राम्रो बनाउन सक्थे निर्देशकले।

अमिर खानले खेलेका पछिल्ला केही फिल्महरु हेरेर यो फिल्मबाट पनि त्यही आश गर्नु निरासको कारण बन्नसक्छ। बच्चन र खान सँगै भएको पहिलो फिल्म भएकाले अलिबढी आश गरेर हलसम्म नजानुहोला, निरास हुनु पर्नेछ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?