सुर्खेत – कर्णाली नदीमा डुबेर अष्ट्रेलियाली नागरिकको मृत्यु भएको छ। मुगुदेखि सुर्खेततर्फ र्याफ्टिङ गरेर आउने क्रममा बोट दुर्घटना हुँदा एक अष्ट्रेलियाली नागरिकको मृत्यु भएको हो।
कालिकोटको शान्नित्रिवेणी गाउँपालिका–२ आम्तडा नजिकै र्याफ्टिङ गर्दा एड्रिन काइयर्नानको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालिकोटले जनाएको छ।
पाँच जनाको समूहमा रहेका अष्ट्रेलियाली एक–एक बोटमा र्याफ्टिङ गर्दै आएका थिए। जसमा ३१ वर्षीय एड्रिनले चलाएको बोट ढुंगामा बझारिँदा दुर्घटना भएको प्रमुख जिल्ला अधिकारी चन्द्रबहादुर कार्कीले बताएका हुन्।

समूहमा रहेका अन्य सबै सकुशल रहेको उनले बताए। सदरमुकामदेखि शान्नित्रिवेणी टाढा भएकाले पोष्टमार्टमका लागि शव ल्याउने तयारी थालिएको छ। पोष्टमार्टमका लागि पोखरा वा काठमाडौँ लिने भन्नेबारेमा छलफल भइरहेको उनले बताएका छन्।

भर्खरै
लोकप्रिय






































































































































































































