सडक कालोपत्रे भएपछि फेरिँदै दक्षिणी झापा

वर्षामा सडकमै धान रोप्ने स्थानीयको दैनिकी फेरियो, बढ्यो व्यापार–व्यवसाय

वर्षामा सडकमै धान रोप्ने स्थानीयको दैनिकी फेरियो, बढ्यो व्यापार–व्यवसाय
+
-

बनियानी (झापा) – जुनीभरि कालोपत्रे बाटोका लागि कुरेर बसेका झापा सदरमुकाम भद्रपुर दक्षिणका बासिन्दा बल्ल कालोपत्रे देख्न पाएका छन्।

उक्त बाटो कालोपत्रे भएपछि अहिले भद्रपुर दक्षिणका गाउँको मुहार परिवर्तन भएको छ। सडक छेउका पसलहरु स्तरोन्नति गरिएका छन्। गाउँमा चहलपहल पनि बढेको छ। सवारीसाधनको संख्या पनि बढेको छ।

भद्रपुर–१ पृथ्वीनगर हिमाली चोकका व्यवसायी रोशन श्रेष्ठका अनुसार अहिले उक्त क्षेत्रको व्यापार पनि पहिलाको भन्दा दोब्बर बढेको छ। उनले भने, ‘पहिला सानो झुप्रोमा पसल थियो मेरो पनि, सडक कालोपत्रे भएपछि दोकान बढाउनुपर्ने परिस्थिति आयो।’

केही समयअघिसम्म सडक छेउका घर धुलोले ढाकिएको अवस्था थिए। अहिले घरहरु रंगरोगन गरेर चिटिक्क बनाउन थालिएको छ।

पृथ्वीनगरका अर्का स्थानीयबासी विष्णु खरेलले किसानले उत्पादन गरेका वस्तु अब सहज रुपमा बजारसम्म पुर्याउन सकिने बताए। उनले भने, ‘हामीले आश मारेका थियौँ यहाँको सडक पनि कालोपत्रे हुन्छ भन्ने, तर जीवनको अन्त्यतिर भए पनि देख्न पाइयो।’

भद्रपुर दक्षिणका स्थानीयबासीले वर्षाको समयमा धेरै कष्टको सामना गर्नुपरेको थियो। समय सवारी साधन नपाइने अवस्था थियो। भएका सवारी साधन पनि सदरमुकामसम्म पनि पुग्छन् कि पुग्दैनन् भन्ने थियो। बिरामी अस्पताल लैजान झनै समस्या थियो। अब त्यस्ता समस्याबाट मुक्ति पाएका छन्।

वर्षाको समयमा विगतमा स्थानीयबासीले सडकमै धान पनि रोपे। सडकमा ढाट तेर्स्याएर बाटो छिटो बनाउन दबाब समेत दिए। भद्रपुरको झापा चोकदेखि कचनकवलको बनियानीसम्म कालोपत्रे बाटो पुगेको छ।

केही स्थानमा बनाउने क्रम जारी छ। उक्त सडक निर्माणका लागि धेरै पटक धेरै राजनीतिक दलका नेताले आफ्नै तरिकाले शिलान्यास पनि गरे।

करिब ४५ बर्षअघि मेची लोकमार्ग जोडने ताप्लेजुङदेखि झापाको केचना सम्मको कालोपत्रे सडक बनाउन थालिएको थियो। झापा तत्कालीन अञ्चालाधीश छिरिङतेन्जी लामाले ०३१ सालमै केचना चारआली सडकखण्डको शिलान्यास गरेपनि निर्माण कार्यले गति लिएन।

देशमा लोकतन्त्र र गणतन्त्र आएपछि नेपाल र भारत सरकारबीच सो सडक निर्माण गर्नका लागि सम्झौता भयो।

सम्झौता भएलगतै सन् २०११ डिसेम्बरमा भारतले ३० महिनाको अवधिभित्र निर्माण कार्य सक्नुपर्ने भनि ठेक्का लगाएको थियो। तर, भारतीय कम्पनीले निर्माण कार्य अलपत्रमा छाडेर गयो।

अहिले चारआलीदेखि केचनासम्मको ४० किलोमिटर लामो कालोपत्रे निमार्ण कार्य कालिका, कनकाई र याकथुमहाङ जेभीले गरिरहेका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?