हुण्डी कारोबार गर्ने २ जना पक्राउ, डेढ लाख नगद बरामद

हुण्डी कारोबार गर्ने २ जना पक्राउ, डेढ लाख नगद बरामद
+
-

पोखरा – हुण्डी कारोवार गरेको आरोपमा पोखरामा २ जनालाई प्रहरीले पक्राउ गरेको छ।

पोखरा महानगरपालिका वडा नम्बर–८ सभागृह चोकस्थित लुम्बिनी मनी ट्रान्सफरमा अवैध तरिकाले हुण्डी कारोबार हुने गरेको सूचनाका आधारमा ४ नम्बर प्रदेश प्रहरी कार्यालय प्रदेश अनुसन्धान समूहले २ हुण्डी कारोबारीलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेमा पोखरा–८ सभागृहचोकमा रहेको लुम्बिनी मनी ट्रान्सफरका सञ्चालक नेत्रलाल ज्ञवाली र कर्मचारी पोखरा महानगरपालिका वडा नम्बर–२ बिन्दवासिनी बस्ने वर्ष ३० का प्रकाश थापालाई रहेका छन्।

विगतमा पनि हुण्डी कारोबार गर्दै आएको भन्ने सूचना पाएपछि आरआइटीका सई ईश्वर थापाको कमाण्डमा गएको टोलीले गुल्मी सत्यवती गाविस–४ घर भई हाल पोखरा–८ बस्दै आएका ५१ वर्षीय ज्ञवालीलाई १ लाख ५० हजार रुपैयाँसहित कारोबार गर्दागर्दै पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता रवीन्द्रमान गुरुङले बताए।

ज्ञवालीसहित त्यहाँ काम गर्ने कर्मचारी प्रकाश थापा र उनीहरुले प्रयोग गरेको मोवाइल, कम्प्युटर र कागजात सबै नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको गुरुङले बताएका छन्।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?