अशान्तिमै भरोशा!

कर्णालीमा विप्लवको आतंकः स्थानीय तहमा श्रृंखलाबद्ध आगजनी

कर्णालीमा विप्लवको आतंकः स्थानीय तहमा श्रृंखलाबद्ध आगजनी
+
-

सुर्खेत – गत मंसिरमा डोल्पाको जगदुल्ला गाँउपालिका र मुड्केचुला गाँउपालिकामा तोडफोड भयो। कार्यालयमा राखिएका बोर्डहरु फालियो। गाउँपालिकामा नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्ताहरुले पार्टीको नाम अंकित साइनबोर्ड टाँगेर कब्जा गरे। दुई वटा गाउँपालिकाका मुख्य कार्यालयमा विप्लवको झण्डा र गाउपालिकास्तरीय जनसत्ताको कार्यालय लेखिएका ब्यानर राखियो।

गत चैत २९ गते सुर्खेतको गुर्भाकोट नगरपालिका–४ साहारेको वडा कार्यालयमा आगजनी भयो। आगजनीबाट वडाअध्यक्षको कार्यकक्षमा रहेका कम्प्यटर, इन्भर्टर, ब्याट्री लगायतका कागजपत्र जलेर नष्ट भए। २ लाख ५० हजारको क्षति भयो। नेकपा विप्लवका कार्यकर्तामाथि आशंका गरिएपनि हालसम्म दोषी पत्ता लागेको छैन। शनिबार राति जुम्लाका दुई वटा स्थानीय तहमा आगजनी र तोडफोड भएको छ। चन्दननाथ नगरपालिका र गुठीचौर गाउँपालिकाको कार्यालयमा तोडफोड भएको हो।

आगजनीबाट नगरपालिकाको गाडी पूर्ण रुपमा क्षति भएको छ। तोडफोडबाट कार्यालयमा राखिएको सम्पूर्ण सामग्री ध्वस्त पारिएको छ। नगरपालिकामा ४० लाखको गाडी र गाउँपालिकामा १५ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको अनुमान प्रहरीले गरेको छ। ‘कार्यालयमा राखिएको सम्पूर्ण सामग्रीमा क्षति पुगेको छ,’ गाउँपालिकाका अध्यक्ष हरीबहादुर भण्डारीले भने, ‘आगलागीबाट क्षति हुँदा गाउँपालिकाको काम प्रभावित भएको छ, तोडफोडमा विप्लव समूहका व्यक्तिको संलग्नता रहेको अनुमान छ।’

शनिबार राति १० बजे कार्यालयमा अज्ञात समूहले कब्जा गरेका थिए। समूहमा आएका व्यक्तिहरुले कार्यालयको संरक्षणका लागि बसेका कविराज खत्रीलाई धम्क्याएका थिए। ‘राति कार्यालयमा हल्ला भएपछि चौकीदारले गाली गरेछन्,’ खत्रीलाई उदृत गर्दै अध्यक्ष भण्डारीले भने, ‘केही समय विवादपछि कार्यालय ध्वस्त बनाउने धम्की दिएर चौकीदारलाई नियन्त्रणमा लिइएछ।’

चौकीदार खत्रीले कार्यालय तोडफोड गर्दा आफूलाई नियन्त्रणमा लिएको बताएको उनले जानकारी दिए। कार्यालयमा हुने अमर्यादित गतिविधि नियन्त्रण गर्न राखिएको सिसी क्यामेरा फुटाइएको छ। समूहमा आएका व्यक्तिहरुमध्ये एक जनालाई चिनेको बयान चौकीदारले प्रहरीलाई दिएका छन्। बयानका आधारमा विप्लव समूहका ती व्यक्तिको नाम गोप्य राखेर खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ।

चन्दननाथ नगरपालिका परिसरमा राखिएको गाडी क१झ १ नम्बरको गाडीमा आगजनी भएको छ। नगरपालिकाका चौकीदार बिष्णुप्रसाद न्यौपाने निधाइरहेका बेला अज्ञात समूहले गाडी आगजनी गरेका हुन्। अज्ञात समूहले नै गेट ढक्ढक्याएपछि आगजनी भएको थाहा पाएको बयान चौकीदार न्यौपानेले दिएका छन्। नगरपालिका कार्यालय परिसरमा भरपर्दो पर्खाल छैन। बालबालिका नै चढ्न सक्ने सामान्य पर्खाल छ।

अगाडि गेटबाट कार्यालय परिसरभित्र पस्न सक्ने वातावरण नभएपनि अन्य ठाउँबाट खुल्ला जस्तै छ। आगजनीपछि अज्ञात समूहले नै चौकीदारलाई उठाएका थिए। चौकीदार न्यौपानेले गाडीमा आगजगी भएको देखेपछि प्रहरीलाई खबर गरेका थिए। आगजनीबाट गाडी जलेर पूर्ण रुपमा नष्ट भएको छ। तारबार र भरपर्दो सुरक्षा व्यवस्थापन नहुँदा गाडीमा आगजनी भएको जुम्ला जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर बुढ्थापाले बताए।

जिल्ला प्रहरी कार्यालय जुम्लाका अनुसार हालसम्म दुवै घटनाको दोषी को हो भन्नेबारेमा खुल्न सकेको छैन। संवैधानिक व्यवस्थाको खारेजीको माग गर्दै आएको नेपाल कम्युनिष्ट पार्टी विप्लवले पटक–पटक स्थानीय तहमा अमर्यादित गतिविधि गर्दै आएको छ।

जनप्रतिनिधि निर्वाचित भएपछि स्थानीय तह विप्लवको निशानामा छन्। संवैधानिक व्यवस्था खारेजी हुनुपर्ने र जनसत्ता सरकारको माग राख्दै भूमिगत भएको विप्लव समूहका कार्यकर्ताबाट तोडफोड र आगजनीको भएको आशंकामा जनप्रतिनीधि त्रसित बनेका छन्। विगतदेखि हालसम्म पाँच वटा स्थानीय तहमा तोडफोड, आगजनीजस्ता अमर्यादित गतिविधिहरु भएका छन्।

एकैरात जुम्लाका दुई स्थानीय तहमा आगजनी र तोडफोड भएपछि गाउँपालिका महासंघले ध्यानाकर्षण भएको जनाएको छ। स्थानीय तह अज्ञात समूहको निशानामा रहेकाले तत्काल सुरक्षा व्यवस्था गर्नतर्फ सरकारले ध्यान दिनुपर्ने गाउँपालिका महासंघ कर्णाली प्रदेश अध्यक्ष कविन्द्रकुमार केसीले बताए। ‘स्थानीय तहका कार्यालय र सवारी साधनमाथि तोडफोड र आगजनी हुनुले दुःखी तुल्याएको छ,’ अध्यक्ष केसीले भने, ‘भौतिक संरचनामाथि भएको त्रासपूर्ण कार्यले जनप्रतिनिधिले पनि असुरक्षा महसुस गरेका छौँ, राज्यले यसबारे समयमा सोच्नुपर्छ।’

स्थानीय प्रशासनले सुरक्षा व्यवस्थापनबारे छलफल गरेको छ। स्थानीय तहमा भएका घटनाहरुबारे प्रशासनलाई थप सुरक्षा चुनौती थपिएको निष्कर्ष सुरक्षा समिति जुम्लाको बैठकले निकालेको छ। सहायक प्रजिअ शर्माका अनुसार आइतबार बसेको सुरक्षा समितिको बैठकले स्थानीय तहमा भएको तोडफोड, आगजनी र सम्भावित घटना हुन नदिन सुरक्षा व्यवस्था मजबुत बनाउने निर्णय गरिएको छ। आपराधिक गतिविधिहरु रोक्न प्रहरीको गस्ती बढाइने उनले बताएका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’