नेपथ्यको ‘रेशम’सँगै गुञ्जियो बिर्तामोड

नेपथ्यको ‘रेशम’सँगै गुञ्जियो बिर्तामोड
+
-

बिर्तामोड – नेपाली सांगीतिक जगतमा नवीनतम् प्रस्तुतिमार्फत ख्याती कमाएको नेपथ्य ब्याण्डका गायक अमृत गुरुङले ‘अस्तीको कुरा बिस्यौं कि कुन्नी रेशम…’ गीत गाउँदा बिर्तामोडस्थित डोमालाल राजवंशी रंगशालाका दर्शक जुरुक्कै उठे।

गायक गुरुङले ब्याण्डका चर्चित गीतहरु प्रस्तुत गरिरहँदा सधैँजसो खेलकुद प्रतियोगितामार्फत तातिने डोमालाल रंगशाला संगीतमय भयो।
जोमसोमै बजारमा, गाउँ–गाउँबाट उठ लगायतका गीत गाउँदा ननाच्ने दर्शक कमै थिए। 

सांगीतिक माहोललाई गायक गुरुङले शिक्षादिक्षासँग पनि जोडे। उनले ट्राफिक नियमको पालना गरेर सवारीसाधन चलाए दुर्घटना स्वतः कम हुने बताए। दर्शकलाई उनको आग्रह थियो, ‘हामीले नै हो समाजलाई सही बाटो देखाउने, नियम पालना गर्ने दायित्व हाम्रै हो।’

दिनहुँजस्तो हुने सवारीसाधन दुर्घटनालाई निरुत्साहित गर्न प्रचारात्मक अभियानका लागि नेपथ्य ब्याण्डलाई निम्तो गरिएको हो। नेपथ्यको प्रस्तुतिसँगै हजारौँको संख्यामा उपस्थित झापाबासी त्यतिकै उत्साहित देखिन्थे।

करिब पाँच करोड रुपैयाँ लागत अनुमान गरिएको यो कार्यक्रमपछि प्रदेश नम्बर–१ मा दुर्घटना न्यूनिकरण महाअभियान सुरु भएको छ।

सहारा नेपाल चारपाने बिर्तामोडको संयोजनमा सडक दुर्घटना न्यूनिकरण महाअभियान प्रदेश नम्बर एकका मुख्य शहरहरुमा सञ्चालन हुने छ।

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?