कर्णालीप्रदेशमा बालअस्पताल सञ्‍चालन गर्न माग

कर्णालीप्रदेशमा बालअस्पताल सञ्‍चालन गर्न माग
+
-

सुर्खेत-कर्णालीका बालबालिकाहरुले प्रदेश राजधानी वीरेन्द्रनगरमा सरकारले बाल अस्पताल सञ्चालन गर्नुपर्ने माग राखेका छन्।

बालबालिकाहरुका लागि विशेषज्ञ सेवासहितको प्रदेशस्तरीय बाल अस्पताल सञ्चालनको माग गर्दै उनीहरुले कर्णाली प्रदेशसभाका सदस्यहरुलाई मागपत्र बुझाएका हुन्।

वीरेन्द्रनगरमा बुधवार प्रादेशिक बालसहभागिता कार्यशालाको आयोजना गरेर बालबालिकाका समग्र समस्यासहितको मागपत्र उनीहरुले सांसदहरुलाई बुझाएका हुन्। कर्णालीका पाँच जिल्लाबाट सहभागी भएका बालबालिकाहरुले बाल बचाउ, बाल विकास, बाल संरक्षण र बाल सहभागीता सम्बन्धमा विभिन्न मागहरु अघि सारेका छन्।

प्रदेशका दुर्गम जिल्लाका स्थानीय तहहरुमा सुत्केरी महिला तथा बालबालिकाको लागि अस्पतालको व्यवस्था गर्नुपर्ने, कुपोषित भएर जन्मिने बालबालिकाहरुका लागि पोषकयुक्त खानेकुरा प्रदान गर्नुपर्ने, बालबालिकाकै लागि विशेष स्वास्थ्य अभियान सञ्चालन गर्नुपर्ने र प्रदेश राजधानीमा बाल अस्पताल सञ्चालन गर्नुपर्ने माग उनीहरुको छ।

यस्तै, कतिपय जिल्लाहरुमा सामुदायिक शिक्षाको अवस्था खस्कदो अवस्थामा रहेकाले सरकारले विशेष ध्यान दिनुपर्ने माग पत्रमा उल्लेख गरेका छन् । बालबालिकाको हक अधिकारका लागि आफूहरु कटिवद्ध रहेको सरकारले बताएपनि अप्रयाप्त खेलकुद संरचना, बालबालिकाको बजेटको दुरुपयोग जस्ता समस्या रहेकाले त्यसको निराकरण गर्न बालबालिकाहरुको माग छ।

विद्यालय छाडेका बालबालिकाहरुलाई आयमुलक र सीपमुलक शिक्षाको व्यवस्था, महिनावारी भएकाल बालिकाहरुलाई गोठमा राख्नेहरुलाई कानुनअनुसार दण्ड सजायको व्यवस्था गर्नु पर्ने लगायतका मागहरु बालबालिकाहरुले अघि सारेका छन्।

बालबालिकाहरुको ज्ञापन पत्र बुझ्दै प्रदेश सांसदहरु पद्मा खड्काले बालबालिकाहरुका सवालमा गम्भीर रहेको बताइन्। सांसद ठम्मर विष्ट र सुशील थापाले भविष्यका देश हाक्ने खम्बालाई अहिले नै संरक्षण गर्न सरोकारवाला निकायहरुमा खवरदारी रहेको उल्लेख गरे।

भौगोलिक रुपमा विकट कर्णालीका बालबालिकाहरुले आगामी दिनमा अभाव र दबावमा बाच्न नपर्ने वातावरण मिलाउन संसदमा कुरा राख्ने सांसदहरुले सामुहिक प्रतिवद्धता समेत जनाएका छन्। बालबालिकाको क्षेत्रमा भइरहेको लगानीका विषयमा आफूहरुले निगरानी बढाउने र बजेट विनियोजन दर बढाउने सांसदहरुको भनाई थियो।

कार्यशालामा कन्सोटियम नेपाल कर्णालीका अध्यक्ष टिकाराम आचार्य, बालअधिकारकर्मी युवराज खतिवडा, टिडिएच जर्मनका कार्यक्रम संयोजक अमित देवकोटालगायतको उपस्थिति थियो। एकदिने कार्यशालामा सुर्खेत, दैलेख, कालिकोट,जाजरकोट र सल्यान जिल्लाका बालबालिकाहरुको सहभागिता रहेको थियो।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’