दार्जिलिङको जस्तै भूगोल भएको पूर्वी पहाडमा किन कम आउँछन् पर्यटक ?

दार्जिलिङको जस्तै भूगोल भएको पूर्वी पहाडमा किन कम आउँछन् पर्यटक ?
+
-

विर्तामोड– पूर्वी नेपालको पहाडि इलाका जस्तै भूगोल भएको र सिमाना जोडिएको भारतको दार्जिलिङको तुलनामा नेपालका पूर्वी पहाडमा पर्यटकहरु कम आउने गरेको नेपालका पर्यटन व्यवसायीहरुले बताएका छन् ।

उनीहरु भन्छन्, ‘भारतमा सरकारले पर्यटकीय स्थलहरुको विकासमा जति ध्यान दियो नेपाल सरकारले दिएन ।’

तर भारतका पर्यटन व्यवसायीहरुले भने नेपालका सरकारहरुले अब पर्यटन प्रवर्द्धनका लागि सबभन्दा पहिला नीति बनाउनुपर्ने सुझाव दिएका छन् ।

भारत पश्चिम बंगालको दार्जिलिङमा मात्र स्वदेशी तथा विदेशी गरि वार्षिक ४ लाख भन्दा बढी पर्यटकहरु भित्रिने गरेको त्यहाँका पर्यटन व्यवसायीहरु बताउँछन् ।

तर सिमाना जोडिएको नेपालका पूर्वी पहाडमा भने एक वर्षमा एकदेखि डेढ लाखसम्ममात्र पर्यटक आउने गरेको मेची पहाडी क्षेत्र पर्यटन प्रवद्र्धन विकास समितिका कार्यकारी निर्देशक केशव धौरालीले जानकारी दिए ।

दार्जिलिङको मिरिकमा रहेको पोखरी । तस्बिर : उमाकान्त खनाल/देश सञ्चार

उस्तै उस्तै भौगोलिक बनोट भएका दार्जिलिङ र नेपालका पूर्वी पहाडको तुलना गर्दै नेपालपट्टि कम पर्यटक आउनुको कारण बताउँदै धौरालीले भने, ‘सबभन्दा पहिला त पर्यटन क्षेत्रमा राज्यको लगानी छैन । अनि पर्यटकलाई आकर्षण गर्नका लागि विभिन्न कार्यक्रम ल्याउनु पर्छ। हामीकहाँ पर्यटन संस्कारको पनि विकास गर्न जरुरी छ ।’

धौरालीको कुरामा सहमत छन् इलामका अर्का पर्यटन व्यवसायी विजय राई । उनले भने, ‘पर्यटकीय क्षेत्रमा पुग्नका लागि व्यवस्थित संरचना हुनुपर्छ ।’

दार्जिलिङ र नेपालको पूर्वी पहाडको मुख्य आकर्षण भनेको चिया बगानहरु नै हुन् । त्यसका अतिरिक्त अन्तुबाट झुल्के घाम तथा सन्दुकपुरलगायत विभिन्न दृश्यावलोकनका स्थानहरु पनि करिब करिब उस्तै नै छन् ।

दार्जिलिङमा भने पर्यटकीय स्थलहरुमा सरकारी लगानीले गर्दा पनि पर्यटकहरुको आकर्षण बढेको मिरिक नगरपालिकाका उपाध्यक्ष एमके जिम्बाले बताए । उनले भने, ‘अहिले हामीले मिरिकमा एकसय करोड भन्दा बढी रुपैयाँले नयाँ संरचना बनाउँदैछौँ ।’

दार्जिलिङ्ग सौर्यनीमा रहेको चिया बगान

नेपाल संघीय प्रणालीमा गइसकेको अवस्थामा प्रदेश तथा स्थानीय सरकारले अब नीति बनाएर पर्यटन क्षेत्रको विकास गर्नुपर्ने भारतका एकजना ग्रामीण पर्यटनका अभियन्ता राज बासु बताउँछन् ।

भारत बेलायती उपनिवेशमा रहेकै बेलादेखिनै पूर्वाधार विकास भएको दार्जिलिङबाट नेपाल छिर्ने अर्को मुख्य नाका पशुपतिनगरमा अध्यागमन कार्यालय खोल्ने भनिए पनि अहिलेसम्म स्थापना नहुनुले पूर्वी नेपालमा पर्यटकहरुको आगमनमा बाधा पुगेको नेपालका पर्यटन व्यवसायीहरुको भनाइ छ ।

नेपाल टुरिजम बोर्डका पदाधिकारीहरु भन्छन् ‘पूर्वी पहाडमा निजी क्षेत्रको लगानी कम भएकाले पनि पर्यटकहरुको आगमन कम भएको हो ।’

 

इलाम कन्यामको कन्याम चिया बगान ।

दार्जिलिङको मिरिकमा रहेको पोखरी नजिकै घोडचढी गर्दै पर्यटक

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘गिरिजाले दमनजी बिरामी भएका बेला संसद् विघटन गरिदिए’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

‘नेपालका राजनीतिकर्मीको एउटै उद्देश्य पैसा कमाउने रहेछ’

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

कलेजो प्रत्यारोपण थालनीको संघर्ष

अमर न्यौपाने किन लेख्छन्?

अमर न्यौपाने किन लेख्छन्?