कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीद्वारा सपथ

‘समृद्धिको खाकासहित कर्णालीको विकास गर्न पञ्चवर्षीय योजना’

‘समृद्धिको खाकासहित कर्णालीको विकास गर्न पञ्चवर्षीय योजना’
+
-

सुर्खेत – कर्णाली प्रदेशको विकासका लागि पञ्चवर्षीय योजना निर्माण गरिने भएको छ। प्रदेशका सम्भावना र वर्तमान अवस्थाको अध्ययन गरी पञ्चवर्षीय योजना बनाइने भएको हो।

प्रदेश सरकारले गठन गरेको कर्णाली प्रदेश योजना आयोगले आगामी पाँच वर्षका लागि योजनाहरु निर्माण गर्ने भएको हो। ५२ प्रतिशत गरिबी र विकासले पछि परेको कर्णाली प्रदेशलाई समृद्ध बनाउन रणनीति तय गरेर योजना निर्माण गर्ने आयोगले जनाएको छ।

जसका लागि प्रदेशमा आयोगले काम थालेको छ। कर्णाली प्रदेशको दीर्घकालीन विकास मार्गदर्शनको रुपमा प्रथम पञ्चवर्षीय योजनाको आधारपत्र चालु आर्थिक वर्षभित्रै बनाउने तयारी आयोगको छ। हाल प्रदेश सरकार अन्य प्रदेशको तुलनामा विकास गर्न वार्षिक तथा पञ्चवर्षीय योजनाहरुलाई आयोगले प्राथमिकता राखेर काम गर्ने भएको हो।

आइतबारदेखि प्रदेशमा काम शुरु गरेको आयोगले परियोजना बैंक तयार गर्ने, कर्णाली प्रदेशको दीर्घकालीन गुरुयोजना तयार गर्ने, कर्णाली प्रदेशको वास्तविक अवस्था पहिचानसहितको तथ्यांक, सूचक र प्रारुप तयार गर्ने निर्णय गरेको छ।

यस्तै, आर्थिक वर्ष २०७६/७७को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट तथा योजना तयार गर्न सघाउ पुग्ने गरी वार्षिक योजना तयार गर्ने आयोगको निर्णय छ। आयोगले काम शुरु गरेसँगै प्रदेश सरकारले निर्माण गरेका विकास आयोजनाका बारेमा अनुगमन र निरीक्षण गर्ने निर्णय आयोगको पहिलो बैठकबाट गरिएको छ।

कर्णाली प्रदेश योजना आयोगका पदाधिकारीहरुले आइतबार सपथग्रहण गरेका हुन्। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले आयोगका उपाध्यक्ष पुण्य रेग्मीलाई सपथ खुवाएका थिए। मुख्यमन्त्री शाहीबाट सपथ ग्रहण गरे लगत्तै उपाध्यक्ष रेग्मीले आयोगका सदस्यहरु डा. दीपेन्द्र रोकाया र योगेन्द्र शाहीलाई सपथ ग्रहण गराएका थिए।

आयोगका उपाध्यक्षसहित सदस्यहरुले सपथ ग्रहण गरेलगतै बसेको बैठकले चालू आर्थिकको बजेट कार्यान्वयनलाई प्रभावकारी बनाउन अनुगमन मूल्यांकन निर्देशिका तयार गरी प्रभावकारी अनुगमनको व्यवस्था मिलाउने निर्णय गरेको हो।

आयोगको कामलाई प्रभावकारी बनाउन आवश्यक कार्ययोजना र कार्यतालिका तयार गरी आगामी बैठकमा पेश गर्ने निर्णय बैठकबाट भएको आर्थिक मामिला तथा योजना मन्त्रालयका सचिव एवम् आयोगका सदस्य सचिव ढुण्डिराज निरौलाले बताए।

‘अब तत्कालै कर्णाली प्रदेशको वर्तमान अवस्था र समृद्ध कर्णालीको सपनाको मानचित्र तयार गर्छौं,’ रेग्मीले भने, ‘दुवै मानचित्रलाई अगाडि राखेर हामी समृद्ध कर्णाली निर्माणको दिशामा तदारुकताका साथ अगाडि वढ्छौँ।’

उपाध्यक्ष रेग्मीले चालु आवको वजेट कार्यान्वयनको अवस्थालाई दृष्टिगत एकवर्षीय, पञ्चवर्षीय योजना निर्माणको काम शुरु भइसकेको उनले बताए। हाल सरकारले विनियोजन गरेको बजेट कार्यान्वयनमा चुनौती देखिएको छ।

यस अवस्थामा आयोगको क्षेत्राधिकारभित्र रहेर अनुगमनको कामलाई पनि प्रभावकारी रुपमा अगाडि बढाउने प्रतिवद्धता उनले गरे। सपथग्रहणलगतै उपाध्यक्ष र सदस्यद्वयले पदभार सम्हालेका छन्। उपाध्यक्ष रेग्मीले पदवहालीसँगै कर्णाली प्रदेशको विकास मोडल तयार गर्न कर्णाली प्रदेश प्रोफाइल निर्माण गर्ने पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्।

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

पढ्न बम्बई गएका ‘जगत गुरु’ क्रिकेटर बनेर फर्के

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

नेपाली ब्राण्ड मोमोको विश्वयात्रा

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

प्रेमदेव गिरीका लाेकलय र मादलकाे ताल

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

दुबईका व्यवसायी भन्छन्- नेपाल सधैँ मेरो घुम्ने सूचीमा थियो

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

के सुशीला कार्कीले चुनाव गराउन सक्लिन्?

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

४६ सालको आन्दोलनदेखि ८२ सालको जेनजी आन्दोलनसम्म

विश्व रेडक्रसका नेपाली अभियन्ता

विश्व रेडक्रसका नेपाली अभियन्ता

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘बुवाको त्यो वाक्यले मलाई गाउँ फर्कायो’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’

‘कसैले सुइरो घोच्यो भने पनि म धन्यवाद भन्छु’